बानाको २० औ साधारण सभा सम्पन्न, कोषाध्यक्षको प्रतिवेदनमा उठ्यो प्रश्न

बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को २० औ साधारण सभा शनिवार सम्पन्न भएको छ।
बाल्टिमोरको फ्यामेली किचनमा आयोजित साधारण सभा बानाका सभापति सुबोध विलास पन्तको अध्यक्षतामा भएको थियो।
बानाका तत्कालिन महासचिव सागर घिमिरेका अनुसार साधारण सभामा शुरुमा नै बन्द सत्र आयोजना गरिएको थियो।
बन्द सत्र मा वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारतीले स्वागत मन्तव्य दिएकी थिइन्। त्यस पछि महासचिव सागर घिमिरेले वार्षिक प्रतिवेदन पेश गरेका थिए।
महासचिवको प्रतिवेदनलाई साधारण सभाले पारित गरेको थियो।
यस्तो छ महासचिवको प्रतिवेदन
यस्तै कोषाध्यक्ष पार्वती सिंह ‘रिचा’ ले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन्। उनले २०२४ जनवरी देखि २०२५ मे महिना २३ तारिख सम्मको आर्थिक विवरण प्रस्तुत गरेकी थिएन्।
साधारण सभामा सहभागी एक सदस्यका अनुसार कोषाध्यक्षको प्रतिवेदनमा सहभागीहरूले प्रश्न उठाएका थिए। उनीहरुले अडिट नभएको भन्दै त्यसमा आपत्ति जनाएका थिए।
सन् २०२४ सम्म ट्याक्स फाइनल गरिएको र २०२५ को सबै विलहरू साथमा रहेको भन्ने जवाफ आए पछि साधारण सभाले कोषाध्यक्षको प्रतिवेदन पनि पारित भएको थियो।
यस्तो छ कोषाध्यक्षको प्रतिवेदन
त्यस पछि साधारण सभाको दोस्रो सत्रमा पद हस्तान्तरण प्रक्रिया शुरु गरिएको थियो। बानाको नवनिर्वाचित कार्यसमिति र बाना ट्रस्टीका नवनिर्वाचित कार्यसमितिको एकै दिन सपथ र पद हस्तान्तरण गरिएको हो।
बानाको विधान अनुसार यस्तो संयोग १५ वर्षमा एक पटक आउने गर्दछ। बाना कार्यसमितिको पदावधि तीन वर्ष र ट्रस्टी बोर्डको पदावधि पाँच वर्षको रहने कार्यक्रम छ।
सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली दूतावासका नियोग उप-प्रमुख/ मिनिस्टर शरद राज आरणले बानाको नव निर्वाचित कमिटीलाई बधाई दिएका थिए।
सो सत्रमा गैर आवासीय नेपाली संघ अमेरिका अमेरिका अध्यक्ष डा अर्जुन बन्जाडे, बानाका पूर्व अध्यक्षहरू कृष घिमिरे, अनुशुया वन्त तथा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष कुल गुरुङ, बाना ट्रस्टीका अध्यक्ष कुलमणि आचार्यले मन्तव्य राखेका थिए।
र यो पनि..