बाना नवनिर्वाचित कार्यसमितिले लियो सपथ, अध्यक्ष जीतेनले पहिलो दिन नै गरे केही घोषणा

बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) का नवनिर्वाचित अध्यक्ष जीतेन्द्र (जीतेन) गुरुङ सहित कार्यसमितिको शनिवार सपथ ग्रहण गरेको छ।
बानाको निर्वाचन अप्रिल ६ तारिख भएको थियो। शनिवार २० औ वार्षिक साधारण सभाका क्रममा सपथ ग्रहण तथा पदभार हस्तान्तरण गरिएको हो।
बाना निर्वाचन कमिटीका प्रमुख डा. कृष्ण ढकालले नवनिर्वाचित टिमलाई पद तथा गोपनीयताको सपथ गराएका थिए।
त्यस पछि बानाका निवर्तमान अध्यक्ष सुबोध विलास पन्तले बाना भवनको साँचो नवनिर्वाचित अध्यक्ष जितेनलाई बुझाएर बरबुझारथ गरेका थिए।
सपथ पछि साधारण सभा स्थलमा नै बानाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बसेको थियो। बैठकले बाना कार्यसमितिको रिक्त एक सदस्य पदमा तामाङलाई नियुक्ति गरेको छ।
बानाका वरिष्ठ उपाध्यक्ष जनक थापाले निमा तामाङलाई कार्यसमिति सदस्यमा नियुक्त गरिएको जानकारी दिएका थिए।
त्यस पछि साधारण सभाको अन्य गर्दै अध्यक्ष जितेनले पहिलो दिन देखि नै लागु हुने गरी घोषणा गरेका थिए।
उनले मेरिल्याण्डका नेपालीहरूको समस्या समाधानलाई अवसरको रुपमा लिने र त्यसलाई समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताए।
यस्तै अध्यक्ष जितेनले हरेक तीन तीन महिनामा आर्थिक रिपोर्ट सार्वजनिक गरिने घोषणा गरे। बानाका आजीवन तथा साधारण सदस्यलाई परिचय पत्र वितरण गर्ने र सोही परिचय पत्रका आधारमा मतदान गर्न र केही स्टोर माहरूमा छुटको व्यवस्था ल्याइने पनि बताए।
उनले बानाको सदस्य बन्ने प्रक्रिया १२ महिना नै खुल्ला गर्ने र नेपालीहरूको चेम्बर अफ कमर्श गठन गरिने बताए।
अध्यक्ष जितेनले बाल्टिमोरमा रहेका नेपाली व्यवसायीका रेष्टुरेन्टहरुको समस्या समाधानका लागि टिम बनाएर काम शुरु गर्न बताए।
सोही कार्यक्रममा बाना ट्रस्टीका नवनिर्वाचित पदाधिकारीहरुको पनि सपथ गरिएको थियो। बानामा कार्यसमिति र ट्रस्टीका पदाधिकारीको सपथ एकै दिनमा अब १५ वर्ष पछि मात्र जुर्ने छ।
बानाको विधानमा कार्यसमितिको कार्यकाल तीन वर्ष र ट्रस्टीको कार्यकाल पाँच वर्षको रहने व्यवस्था छ।
र यो पनि…
बाना नवनिर्वाचित कार्यसमितिले लियो सपथ, अध्यक्ष जीतेनले पहिलो दिन नै गरे केही घोषणा