बाना ट्रस्टीको सपथ ….

Getting your Trinity Audio player ready...
|
बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) ट्रस्टीका नवनिर्वाचित अध्यक्ष प्रभु थापा सहित अन्य पदाधिकारीले शनिवार पद तथा गोपनीयताको सपथ लिएका छन्।
बाल्टिमोरमा रहेको फ्यामेली किचनमा शनिवार आयोजित बानाको २० औ साधारण सभामा ट्रस्टी अध्यक्ष थापा सहित अन्य पदाधिकारीले पद तथा गोपनीयताको सपथ लिएका हुन्।
बानाका तत्कालिन अध्यक्ष तथा ट्रस्टी निर्वाचन कमिटीका प्रमुख सुबोध विलास पन्तले ट्रस्टीका नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए।
गत अप्रिलमा सम्पन्न निर्वाचनमा थापा अत्याधिक मत सहित विजयी भएका थिए। बाना ट्रस्टीको कार्यकाल पाँच वर्षको रहने व्यवस्था छ।
शनिवार नै ट्रस्टीका नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारीको सपथ तथा पद हस्तान्तरण गरिएको हो।
ट्रस्टीका निवर्तमान अध्यक्ष कुलमणि आचार्यले नवनिर्वाचित अध्यक्ष प्रभु थापालाई बरबुझारथ गरेका थिए।