बाना रहे नै हाम्रो इतिहास रहने छ : सुबोध पन्त, निवर्तमान अध्यक्ष

Getting your Trinity Audio player ready...
|
बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) निवर्तमान अध्यक्ष सुबोध विलास पन्तले बाना रहे नै आफूहरूको इतिहास रहने बताएका छन्।
आफ्नो दोस्रो कार्यकालको अन्तिम दिन संस्थाको बिसौँ साधारण सभामा नयाँ टिमलाई पद हस्तान्तरण गर्नु अगाडि बोल्दै पन्तले नवनिर्वाचित टिमलाई राम्रो सँग काम गर्न सुझाव दिए।
उनले १३ वर्ष बानामा सक्रिय रुपमा बिताएका पन्तले नयाँ टिमलाई आवश्यकता परेमा आफूले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सन् २०१२ मा बानाको सदस्यता लिएका पन्त सन् २०१३-०१५ बोर्ड सदस्यको रुपमा कार्यसमितिमा प्रवेश गरेका थिए।
२०१५-२०१७ मा मेम्बर सिप डाइरेक्टर, २०१७-२०१९ मा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए। सन् २०१९-२०२२ मा अध्यक्षमा निर्विरोध चयन भएका पन्तले सन् २०२२-२०२५ को कार्यकालका लागि चुनाव जितेका थिए।