नेपाल र चीनबिचको सम्बन्ध परापूर्व कालदेखिको सुमधुर छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपाल र चीनबिचको सम्बन्ध परापूर्व कालदेखिको राम्रो रहेको बताएका छन् ।
शुक्रबार चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची र अध्यक्ष नारायण प्रसाद दाहालको संयुक्त भेटवार्तामा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘विशेष गरेर नेपाल र चीनबिचको सम्बन्ध परापूर्व कालदेखिको सम्बन्ध हो । अहिले नेपाल र चीनबिचको सम्बन्ध एकदमै सुदृढ बनेको छ । चीनले शान्ति प्रक्रिया देखी आइपुग्दै यहाँसम्म आइपुग्दा धेरै सहयोग गरेको छ । भोलिका दिनमा पनि त्यो खालको सहयोग रहिरहने छ ।’
साथै, उनले चीनलाई भैरहवा र लुम्बिनीमा नियमित उडान गर्न आग्रह गरे । उनले जति पनि कुराहरू भएका छन् ती सबै कार्यान्वयन गर्नुपर्ने बताए ।