मदर्स डे, त्रिवेणी र कविता

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ मातातीर्थ औशी आमाको मुख हेर्ने दिन । हिन्दु धर्मप्रति आस्था राख्ने र विशेष नेपाली भाषी वा नेपाली जातीले मनाउने पर्व । त्यस्तै अन्य देशमा मदर्स डे मनाउने चलन छ । मे महिनाको दोश्रो आइतबार यो दिवस मनाइन्छ । मदर्स डे भनेको आमाहरू र आमापनको सम्मान र उत्सवको लागि एक विशेष दिन हो। यो दिन धेरै देशहरूमा, संयुक्त राज्य अमेरिका सहित देशमा प्रेमभाव र उत्साहका साथ मनाइन्छ ।
आमा दिवसको दिन, मानिसहरू प्रायः आफ्ना आमाहरू र आमा जस्ता व्यक्तिहरूलाई उपहार, कार्ड, र सँगै बिताएको समयको माध्यमबाट कदर देखाउँछन्। यो दिन आमाहरूले आफ्नो परिवारको लागि गर्ने प्रेम, हेरचाह, र त्यागको कदर गर्नको लागि हो।
आमा दिवस मनाउने दिन आमालाई सम्मान गर्दै यी उपहार र भाव व्यक्त गर्ने चलन छ । फूल, गहना, वा व्यक्तिगत उपहार दिने- हृदयस्पर्शी कार्ड वा पत्र लेख्ने- सँगै समय बिताउने, जस्तै घुमफिर गर्न बाहिर जाने वा यात्रा गर्ने- विशेष भोजन पकाउने वा मिठाई बनाउने- शब्द र क्रियाको माध्यमबाट कदर र आभार प्रकट गर्ने ।
आमा दिवस हाम्रो जीवनमा विशेष आमाहरूलाई प्रेम र कदर व्यक्त गर्ने एक अद्भुत अवसर हो। यही अवसर पारेर त्रिवेणी साहित्य मञ्चले पेन्सिलभेनियाको मेकानिक्सबर्ग सिटिमा एक कवि गोष्ठीको आयोजना गर्यो । महिलाहरूले उत्साहका साथ भाग लिएको कवि गोष्ठीको व्यवस्थापन भने खडा भण्डारीले गरेको थियो ।

त्रिवेणी साहित्य मञ्च , ह्यारिसबर्ग र यस वरपरका शहरहरुमा रहेका साहित्यिक संस्थाहरूमा गणना गर्दा अग्रपंक्तिमा आउँछ । नेपालका विभिन्न शरणार्थी शिविरबाट अमेरिका पुनर्वासको क्रममा यो शहरमा बसोबास गर्न आएका नेपाली भाषी भुटानी युवाहरूले मिलेर स्थापना गरेको यो मञ्चले समग्र साहित्यकार जो नेपाली भाषामा लेख्छन् तिनलाई समेट्ने प्रयास गरिरहेको छ । यो संस्थाको नामले कुनै देश विशेषलाई इङ्गित नगर्ने भएर पनि सबै नेपाली भाषी साहित्यकारको साझा चौतारी भएको छ ।
सन १९१७ मा विधिवत् रुपमा स्थापना भएको यो मञ्चको पहिलो कार्यकालका अध्यक्ष कवि नवीन भट्टराईले सम्हालेका थिए भने दोश्रो कार्यकालको अहिले सम्म कवि केशव वैरागी माइलो अध्यक्षका रुपमा कार्य सम्हाली रहेका छन् । यसै कार्यकालमा मञ्चले नियमित मासिक काव्य गोष्ठी चलाइरहेको छ र विशेष अवसरमा विविध कार्यक्रम गर्छ ।
यही मञ्चले मदर्स डे को सन्दर्भ पारेर केही अग्रज महिलाहरूलाई सम्मान गर्नुका साथै कवि गोष्ठीको आयोजना गर्यो । कविहरू देवीका बराल , निषा पाण्डे , तुलसा निरौला , वसुधा रिजाल , ७५ वर्षीय अम्बिका अधिकारी , मिरा अधिकारी , मिना आचार्य , अनिता चापाई लगायतले आफ्नो र अरूको रचना वाचन गरे भने रानी खरेलले गीत र भावना भण्डारीले बाशुरी बजाएर सुनाइन । करिब ३ घण्टा चलेको कार्यक्रम महिलामय बनेको थियो ।