तेस्रो एभरेष्ट तेक्वान्दो च्याम्पियनसिप : हिङमाङ ओपन डिभिजन र मोसा वल्ड क्लास डिभिजनमा टिम ग्राण्ड च्याम्पियन

Getting your Trinity Audio player ready...
|
बाल्टिमोर, मेरिल्याण्ड / तेस्रो एभरेष्ट तेक्वान्दो च्याम्पियनसिपमा पेन्सिल्भेनियाको हिङमाङ तेक्वान्दो ओपन डिभिजनमा टिम ग्राण्ड च्याम्पियन भएको छ।
शनिवार भएको च्याम्पियनसिपमा हिङमाङले ३५ स्वर्ण २६ रजत र २४ काश्य पदक सहित ट्रफी जित्न सफल भयो।
यस्तै एभरेष्ट तेक्वान्दो ल्यानक्यास्टर ३३ स्वर्ण, २१ रजत र १६ काश्य सहित ओपन डिभिजन टिम ग्राण्डमा दोस्रो भयो।
वर्ड क्लास डिभिजनमा मेरिल्याण्डको टिम ग्राण्ड च्याम्पियन भयो। मोसा तेक्वान्दोले नौ स्वर्ण, सात रजत र तीन काश्य पदक जितेको थियो।
यस्तै युएस तेक्वान्दो एकेडेमीले सात स्वर्ण, ७ रजत र ६ कास्य पदक जित्यो।
मेरिल्याण्डको बाल्टिमोरमा दश वर्ष अगाडि स्थापना भएको एभरेष्ट वर्ड क्लास तेक्वान्दो एकेडेमीद्वारा आयोजित च्याम्पियनसिपमा चार सय ५२ जना खेलाडीको सहभागिता रहेको आयोजनाको भनाई छ।
मास्टर कुमार कार्की र उनकी धर्मपत्नी कल्पना कार्कीले सन् २०१५ मा एकेडेमी स्थापना गरेका हुन्।
च्याम्पियनसिपमा ग्राण्डमास्टर एचके ली टुर्नामेन्ट चियरमेन थिए। यस्तै ग्राण्ड मास्टर जोन होलोवे रेफ्री चियर रहेका थिए।
च्याम्पियनसिपको प्रमुख अतिथि अमेरिकाका लागि नेपाली दूतावासका उपप्रमुख मिसन शरद राज अरनले उद्घाटन रहेका थिए।
यसै गरी बाल्टीमोर काउन्टी कार्यकारी क्याथरिन क्लाउस्मेयरको प्रतिनिधित्व गर्दै इभान तालियाफेरो सहभागी भएका थिए।
सन् २०२४ पेरिस प्यारालिम्पिकमा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक विजेता पलेशा गोवर्धन विषेश अतिथिको रुपमा च्याम्पियनसिपमा सहभागी भएकी थिइन्।
बानाका अध्यक्ष सुबोध विलास पन्त, बाना ट्रस्टीका अध्यक्ष प्रभु थापा लगायत पनि उद्घाटन समारोहमा थिए।