लेबनानका सैनिक अमेरिकामा पक्राउ, तालिमका लागि आएर यतै लुकेको आरोप

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ सैन्य तालिमका लागि अमेरिका आएर लामो समय यतै बसेका लेबनानका सैनिक पक्राउ परेका छन्।
अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइस) ले ओक्लाहोमा शहरमा अप्रिल ३ मा लेबनानका नागरिक थोमस अफ्राम चामोलाई पक्राउ गरेको हो।
आइसद्वारा जारी विज्ञप्ति अनुसार चामो जुलाई १२, २०२४ मा फोर्ट सिल, ओक्लाहोमामा संयुक्त अमेरिकी-लेबनान सैन्य तालिमको लागि गैर-आप्रवासी भिसा धारकको अमेरिका प्रवेश गरेका थिए।
प्रशिक्षण पूरा गरेपछि उनी डिसेम्बर ५, २०२४ मा लेबनान फर्कने कार्यक्रम थियो, तर आफ्नो निर्धारित फिर्ती उडानमा नचढी उनी फरार भएका थिए।
‘कानुनतः गैर-आप्रवासी भिसा प्रवेशकर्ताको रूपमा, चामो अमेरिकामा रहन सक्छन् वा देश निकालामा पर्छन् भनेर निर्धारण गर्न अध्यागमन न्यायाधीशसमक्ष सुनुवाइको हकदार छन्।’ आइसको विज्ञप्तिमा भनिएको छ, ‘चामो हाल देश निकालाका लागि बाँकी रहेको आइस हिरासतमा छन्।’