‘श्रम र वैदेशिक रोजगार ऐनलाई संशोधन गरिनुपर्ने’
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम ऐन र वैदेशिक रोजगार ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले ऐन, कानुन र नियम भनेको सरकारका लागि, मन्त्रीको लागि र कर्मचारीका लागि नभई जनताको लागि भएको बताएका हुन् ।
उनले भने,‘रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अड्चन र कानुनमा सुधार गर्न सरकारले अहिले श्रम ऐन र वैदेशिक रोजगार ऐनलाई ध्यान दिएको छ । यसमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता छ । शंसोधन गर्नुपर्ने कुराहरूमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने छ ।’
साथै उनले शंसोधन गर्नुपर्ने कुराहरूमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने बताए । उनले रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अड्चनहरू समाधान गर्नुपर्ने बताए ।