बाना निर्वाचन : जीतेन गुरुङ टिमकै प्रारम्भिक अग्रता
बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को निर्वाचनमा जीतेन टिमले नै प्रारम्भिक अग्रता लिएको छ।
६ सय २६ मत गन्दा अध्यक्षमा जीतेनले ४३ मतको अग्रता लिएका छन्। जीतेनले दुई सय ६९ मत पाएका छन्। उनलाई कोशिस भण्डारीले चुनौती दिँदै आएका छन्। कोशिस दुई सय २६ मत सहित दोस्रो स्थानमा छन्। वर्तमान टिमकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती एक सय ३१ मत सहित तेस्रो स्थानमा छिन्।
वरिष्ठ उपाध्यक्षमा जीतेन टिमका जनक थापा अगाडि छन्। जनकले दुई सय ४३ मत ल्याएका छन्। कोशिस टिमकी डा. एकता कोइराला एक सय ८९ मत सहित दोस्रो स्थानमा छिन्।
भारती टिमबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार वर्तमान टिमका महासचिव सागर घिमिरे एक सय ८३ मत सहित तेस्रो स्थानमा छन्।
उपाध्यक्षमा पनि जीतेन टिमका ब्रजेस महर्जन दुई सय ६३ मत सहित अगाडि छन्। कोशिस टिमका गणेश भट्टराई दुई सय चार मत सहित दोस्रो स्थानमा छन्।
महासचिवमा पनि जीतेन टिमका शलिन बस्नेत दुई सय ३० मत सहित अगाडि छन्। कोशिस टिमकी तारा खराल न्यौपाने एक सय ९१ मत सहित दोस्रो स्थानमा छिन्। लक्ष्मी टिमका महासचिव उम्मेदवार दामन विक्रम शाह एक सय ५६ मत सहित तेस्रो स्थानमा छन्।