ह्यारिसबर्ग प्रिमियर लिगका लागि ८४ खेलाडी चार टिममा बाँड्फाँड
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ह्यारिसवर्ग प्रिमियर लिग एचपीएलका लागि ८४ खेलाडी चार टिममा बाँड्फाँड गरिएको छ।
क्रियामाण फाउन्डेशनको आयोजनामा एचपीएल मे देखि अगस्ट सम्म पेन्सिल्भेनियाको ह्यारिसबर्ग स्थित लिङ्गल पार्कमा रहेको क्रिकेट मैदानमा हुने छ।
जीवन रक्षाका लागि खेलौँ भन्ने नारा र #PlayForLife रहेको एचपीएल आत्महत्या दुरुत्साहनका लागि हुन लागेको जनाइएको छ।
फाउन्डेशनले आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर शनिवार ह्यरिसबर्गको डेरी स्ट्रिटमा रहेको ग्लोबल तेक्वान्दो एकेडेमीको हलमा आयोजित कार्यक्रमका बीच दर्ता भएका खेलाडीलाई (ड्राफ्ट) गोला प्रथाको आधारमा चार टिममा विभाजन गरेको हो।
गोल्डेन होम केयरका सिइयो नेत्र आचार्य, साहित्यकार जेएन दाहाल, भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग बीसीएचका पूर्व अध्यक्ष विनय लुइँटेल, सङ्गीतकर्मीहरू अमल थुलुङ्ग, रत्न गुरुङ, सिनियर खेलाडी प्रजीत राना लगायतले खेलाडी बाँड्फाँडका लागि गोला थुतेका थिए।
खेलाडी को कहाँ …..
क्यापिटल स्ट्राइकर
प्रजीत राणा, दधि सुवेदी, नारायण गौतम, मित्र धिमाल,प्रकाश खड्का, विजय गुरुङ, दामु घिमिरे, ढाका खरेल, विनोद रिजाल र नारायण खतिवडा रहेका छन्।
यस्तै सोही टिममा शहिद रोक्दा, उदय आचार्य, तारा कौशिक,कौशल गायहरे, विकास सुवेदी, सुशील खपाङ्गी,कमल दङ्गाल,सुदर्शन फुयाँल, सागर राई,अमित खर र अनिल न्यौपाने रहेका छन्।
सुस्केहान्ना टाइटन्स्
लोक ढुङ्गाना, दामु ढुङ्गना, गोपाल सुनुवार, खडा धिमाल,प्रस्तुत चालिसे, प्रवीण गुरुङ, सुमन लिम्बु, पर्शु न्यौपाने, दिपक गुरुङ र विशाल अधिकारी रहेका छन्।
यसै गरी भरत तिम्सिना, सजन लामा, दिल थिङ्ग,विनोद बिस्वा, आनन्द साम्पाङ, सनम शेर्पा, चक्र बास्कोटा, सागर आचार्य, भगत भण्डारी, अमर शर्मा र शागियन धिमाल रहेका छन्।
ह्यारिसबर्ग थन्डरहक्स्
रायनो ढुङ्गाना , डिल्ली तिम्सिना, अनमोल अधिकारी, विक्की याखी, हरि धुनेना, थसेरिङ तामाङ, सुक सुब्बा, हार्डन पाख्तिवाल, शरुप आचार्य र हमेश ढुङ्गाना रहेका छन्।
यस्तै बाबु राई, भक्त सुनुवार, चन्द्र गुरुङ, लक्ष्मी अधिकारी, सुबोध वाग्ले, चन्द्र सुनुवार, दीपल दङ्गाल, सुर घले, दिपेन्द्र दङ्गाल , वासु खपाङ्गी र संजोक बस्नेत रहेका छन्।
लिवर्टी वरियर्स्
बाला ढुङ्गाना,दिपक ढुङ्गाना,दिल्सन पकवाल, छवी सुवेदी, लोमश पौडेल, जो रोसारियो, दिल गुरुङ, गोविन खरेल, बिर्ख गुरुङ, चार्ली न्यौपाने र प्रवीण कार्की रहेका छन्।
यस्तै मन लामा, विनय लुइँटेल, रिसव सुनार, तारा अधिकारी, कैलाश मगर,कस्तुव घिमिरे, नारायण घिमिरे, वासु ढुङ्गाना, भक्त गुरुङ र सुक थिङ्गले पनि लिवर्टी वरियर्स् बाट खेल्ने छन्।
फाउन्डेशनले समाज कल्याण, मानसिक स्वास्थ्य र सांस्कृतिक संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ।
‘एचपीएल केवल क्रिकेट लिग मात्र नभएर, समुदायलाई एकजुट गर्ने माध्यम हो। यसले खेलकुदमार्फत मानसिक स्वास्थ्य सचेतना, आत्महत्या रोकथाम र युवाहरूमा नेतृत्व क्षमता विकासमा योगदान गर्दैछ।‘फाउन्डेशनका कार्यकारी निर्देशक भरत तिम्सिनाले खेलाडी ड्राफ्ट कार्यक्रममा भने।
उनले अगाडी थपे, “हाम्रो समुदायमा मानसिक स्वास्थ्य समस्याहरू छन्। भुटानी अमेरिकीहरूको आत्महत्या दर राष्ट्रिय औसतभन्दा दोब्बर छ। खेलकुदले युवाहरूलाई मानसिक रूपमा सशक्त बनाउन सक्छ।”
कार्यक्रम एचपीएलका म्यानेजर तथा सिनियर क्रिकेट खेलाडी शुक तामाङले मानसिक स्वास्थ्यका कारण संघर्ष गर्दै आएकाहरूका लागि सहयोग गर्न खेल्न लागिएको बताए।
‘यसलाई सफल पार्न तपाई सबैको सहयोग चाहिन्छ।‘ तामाङले भने, ’सबै सँगै आउँ र खेलौँ मानसिक स्वास्थ्यका कारण संघर्ष गरिरहेकाहरूलाई सहयोग गरौँ।‘
‘१५ ओभरको खेल हुने छ। सोमवार देखि शुक्रवार सम्म साँझ साँढे पाँच बजे देखि शुरु हुने छ। चार टिम रहेका छन्। १२ लिग गेम खेल्न छ। चार टिम नकआउटमा पुग्ने छन्।‘ लिग बारेमा पनि तामाङले प्रस्टाएका थिए।
लिङ्गल पार्कमा रहेको क्रिकेट मैदानमा हुने लिगले स्थानीय युवा क्रिकेटरका लागि अवसर पनि भएको तामाङले बताए।
कार्यक्रममा समाजसेवी, व्यवसायी, प्रशिक्षक र क्रिकेट प्रेमीहरूको उपस्थिति थियो।
फाउन्डेशनका कार्यकारी निर्देशक तिम्सिनाका अनुसार लिगलाई गोल्डेन होम केयरले मुख्य प्रायोजन गरेको छ।
‘हाम्रो सबै भन्दा धेरै खर्च क्रिकेट मैदान भाडा लिँदा हुन्छ,त्यसका लागि केही रकम खेलाडीहरू बाटै उपलब्ध हुन्छ अन्य खर्चका लागि हामीले प्रायोजक पाएका छौ।‘ तिम्सिनाले भने।
कार्यक्रममा अतिथिहरू रत्न गुरुङ, अमल थुलुङ, प्रजीत राणा, नेत्र आचार्य, जेएन दाहाल र विनय लुइँटेलले लिगका लागि शुभ कामना दिएका थिए।
मल्लिका अधिकारी र पातलो अन्तरे कार्यक्रम सञ्चालन गरेका थिए।