काठमाडौंमा जुन ६ तारिख पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स हुने
काठमाडौँ / नेपालमा खेलकुद सम्बन्धी बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौँमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ ।
जुन ६ तारिख शुक्रवार काठमाडौँमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धी अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुन लागेको हो ।
नेपालमा एशियाली देशबाट रनिङ समुदायलाई एकै थलोमा जमघट गराई अनुभव आदानप्रदान गर्ने केही सिक्ने र केही सिकाउने मञ्चका रुपमा यो कन्फ्रेन्स थालनी गर्न लागेका छौँ ।’ नेपालका लागि एम्स दुत समेत रहेका नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने–‘परम्परागत रुपमा चल्दै आएको नेपालको रनिङ विधाका साथै समग्र नेपाली खेलकुदको विकासमा यो कासेढुंगा साबित हुने अपेक्षा गरेका छौँ, यस्तो कन्फ्रेन्स सम्भवतः दक्षिण एसियामै पहिलो हो ।’
दक्षिण एसियाबाहिर अन्य एशियाली मुलुकमा केही अगाडि नै दौड सम्बन्धी यस्ता कार्यक्रम आयोजना हुँदै आएता पनि दक्षिण एसियामा पहिलो पटक नेपालमा यसबर्षदेखि सुरु गर्न लागिएको हो । थाइल्यान्डमा हरेक वर्ष एशिया रोड रेस फोरम हुने गर्दछ । हरेक वर्ष अलग स्थानमा गर्ने अवधारण बमोजिम भियतनाम, सिंगापुर, इन्डोनेसियामा मास पार्टीसिपेसन वल्र्ड(एमपिडब्ल्यु) कार्यक्रम हुँदै आएको छ ।
रेस नेपाल र नेपालगन्ज म्याराथनले इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागेको हो । विश्व रङिनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठकको अवसर पारेर कन्फ्रेन्सको यात्रा आरम्भ गर्न लागिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । कन्फ्रेन्स आयोजनाका लागि नेपालका प्रमुख रनिङ इभेन्ट आयोजक, एथलेटिक्सको विकासमा क्रियाशील व्यक्तित्व र संस्थाका साथै शिक्षा, खेलकुद, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रका अगुवालाई समेटेर मूल आयोजक समिति गठन गरिने र कन्फ्रेन्समा समेत सहभागी गराइने उनले जनाए ।
कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चार वटा सेसन रहने छन् । पहिलो सेसनमा एड्सका प्रेसिडेन्ट पाको बोराओसँग विशेष साक्षात्कार हुनेछ । पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् ।
त्यसै गरी, विश्व प्रतिष्ठित म्याराथनका प्रमुख व्यक्तित्वबाट ‘सामाजिक आन्दोलन र सामाजिक परिघटनाका रुपमा म्याराथन’ विषयमा विद्धत प्रवचन दिनेछन् भने ‘खेलकुद र पर्यटन, आर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दै’ र ‘दिगो भविष्यका लागि दौड ः स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवर्द्धन गर्दै’ गरी दुई विषय रहनेछन् । हरेक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहनेछन् । वक्ता र सहजकर्ताका बारेमा चाँडै टुङ्गो गरिने आयोजकले जनाएको छ । एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरूलाई
एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरू रहेको मूल आयोजक समिति गठन गरिनेछ । कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एशियाली राष्ट्रहरू गरी दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहनेछ ।