जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

Getting your Trinity Audio player ready...
|
काठमाडौँ / जय नेपाल फाउन्डेसन अन्तर्गतको ग्लोबल युथ नेटवर्कले बाजुरा बुढिगंगा नगरपालिकाका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।
पहिलो चरणमा बाजुरा बुढिगंगा नगरपालिका वडा नम्बर ४ स्थित राजेन्द्र आधारभूत विद्यालयका १०० र दोस्रो चरणमा बाजुरा बुढिगंगा नगरपालिका वडा नम्बर ७ स्थित श्री शारदा मा . वि का ८० जना विपन्न जेहेन्दार विद्यार्थी भाइबहिनीलाई शैक्षिक सामाग्री वितरण गरेको छ।
शैक्षिक सामाग्री ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेल तथा केन्द्रीय सदस्य रिता शाहीको उपस्थितिमा भएको थियो। वितरण कार्यक्रममा युवा नेता सुमन के सी, बुढिगंगा नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष मीन बहादुर शाह , बुढिगंगा नगरपालिका वडा नम्बर ४ का सभापति गोरख खत्रीको उपस्थिति थियो।
मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले यस संस्थाको स्थापना भएको छ।
संस्थाको अन्तर्राष्ट्रिय अध्यक्षमा डा. यादव पण्डित रहेका छन् भने नेपालको अध्यक्षमा बद्री अर्याल रहेका छन्। नेपालमा सिंहदरबारको पूर्वी गेट छेउमा संस्थाको सम्पर्क कार्यालय रहेको छ।