भुटानका राजा काठमाडौं आउँदै, सुरक्षाको तयारी सुरु
काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक मंसिर २१ गते काठमाडौं आउने भएका छन्।
उनी २१ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र सोही दिन काठमाडौंबाट फर्किने कार्यक्रम रहेको छ।
राजा वाङचुक भारतको औपचारिक भ्रमणपछि काठमाडौंमा केही घण्टा बिताउनेछन्। बिहीबारदेखि भारत भ्रमणमा निस्कने उनको कार्यक्रमअनुसार, ९:१० बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन्।
त्यहाँ ११:३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र त्यसपछि भारतीय विदेश मन्त्री एस. जयशंकरसँग वार्ता गर्ने कार्यक्रम छ। शुक्रबार बिहान ८ बजे उनी भारत भ्रमण पूरा गरेर काठमाडौं आइपुग्ने बताइएको छ।
भुटानी राजा काठमाडौंमा के कसैलाई भेट्नेछन् भन्ने विषयमा अझै पुष्टि भइसकेको छैन।
तर, उनले स्वयम्भूनाथ र बौद्धनाथ दर्शन गर्ने सम्भावना रहेको बताइएको छ। नेपाली सेनाले उनको सुरक्षाका लागि विशेष तयारी अघि बढाएको छ। आवश्यक सुरक्षा अभ्यास समेत गरिसकिएको छ।
भुटानका राजा नेपालको छोटो भ्रमणपछि आफ्नो देश फर्किने कार्यक्रम रहेको छ।



















गेलेफु मेघासिटी ह्लोछाम्पाहरुको इतिहास मेटाउने प्रपञ्च
December 4, 2024 @ 11:17 am
[…] भुटानका राजा नेपाल आउँदै […]