अमेरिकासहित ४ नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालयमा आइतबार आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, सङ्घीय गणतन्त्र जर्मनीका लागि डा. शैल रूपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवले सपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उक्त अवसरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । पद तथा गोपनियताको सपथ लिएका राजदूतहरु अब तत्काल कार्यभार सम्हाल्न सम्बन्धित देश जाने छन् ।