अदालतको अवहेलनासम्बन्धी निवेदनमा थप विवरण मगाउने आदेश

Getting your Trinity Audio player ready...
|
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी निवेदनबारे थप विवरण मगाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले आज उक्त विवादमा अन्य विवरण मगाउने आदेश दिएको हो ।
न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले निवेदन दायर गरेका थिए ।
उनले सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने वा प्रभाव पार्नेगरी रास्वपाका नेताहरूले अदालतको मानहानी गरेको दावी गर्दै रिट निवेदन दायर गरेका हुन् ।
निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ,तोसिमा कार्की,सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने हाल प्रहरी हिरासतमा छन् ।