चितवन प्रहरीमा पनि रवि र छविविरुद्ध १० जनाको जाहेरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी सहित १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ।
चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले रवि र छविविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन्।
प्रहरीका अनुसार आज (बुधबार) सहकारी संघष पीडितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएका छन्।
चितवनका प्रहरी प्रमुख गौतम मिश्रले अहिले जाहेरी बारे अध्य्यन भइरहेको जानकारी दिए ।