अमेरिकामा राष्ट्रपति चुनाव: ह्यारिस र ट्रम्पको एजेन्डामा ह्यारिसबर्गमा नेपाली भाषी बिच बहस
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ मौषम चिसिँदै गए पनि अमेरिकाको राजनीति झन् झन् तातिँदै छ। अमेरिकी राष्ट्रपतिको चुनावको दिन जति जति नजिकिँदै छ, उत्ति नै यस प्रति चासो बढेको छ। नोभेम्बर ५ तारिख चुनावको दिन हो। तर मतदान प्रक्रिया भने शुरु भइसकेको छ। कतिले हुकलाबाट मत पत्र मगाएर भोट दिएका छन् भने केही अर्लिभोटिङ केन्द्रमा पुगेका छन्।
यो क्रममा नेपाली भाषी पनि उत्तिकै लागेका छन्। अझ पेन्सिल्भेनियाको मत निर्णायक हुने भन्ने पूर्व अनुमानहरू सार्वजनिक हुँदै गर्दा नेपाली भाषी मतदातालाई सजक गराउने अभियान नै चलेको छ।
यस पटकको चुनावमा डेमोक्रयाटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकनबाट डोनाल्ड ट्रम्प बिचमा तीव्र प्रतिस्पर्धा छ। त्यसमा पनि पेन्सिल्भेनिया लगायतका केही राज्यहरूको मत निर्णायक हुने बत्ताइँदै आइएको छ।
तथ्याङ्क अनुसार पछिल्ला दुई वटा राष्ट्रपतीय निर्वाचनमा पेन्सिल्भेनियामा एक प्रतिशत मतले हारजितको टुङ्गो लागेको थियो। यस पटक पेन्सिल्भेनियामा नेपाली भाषी मतदाताको संख्या पाँच प्रतिशत भन्दा धेरै रहेका छन्। त्यसमा नेपाली भाषी भुटानी मतदाताको संख्या अत्यधिक छ।
तिनै मतदातालाई सूचित गर्न भन्दै पूर्व पत्रकार तथा लेखक काशिसदास श्रेष्ठ फ्लोरिडा बाट ह्यारिसबर्गको यात्रामा छन्। नेपाली भाषी मतदाताको घर दैलो पछि उनी शनिवार ह्यारिसबर्गमा नेपाली भाषी व्यवसायी, प्राध्यापक तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सँगको अन्तर्क्रियामा सहभागी भए।
श्रेष्ठ आफू कुनै एक उम्मेदवार प्रचारक भन्दा पनि राष्ट्रपतिका उम्मेदवारको एजेन्डाले नेपाली र नेपाली भाषी भुटानी समुदायलाई के असर पर्छ भनेर बुझाउन प्रयास गर्दै आएको बताए।
उनले राष्ट्रपतिका उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको नीतिले आप्रवासी त्यसमा पनि पुन स्थापित भुटानी शरणार्थी माथि हुन सक्ने जोखिमका बारेमा पनि प्रस्टाए।
छलफलमा एरोन आचार्य, प्राध्यापक माधव शर्मा, व्यवसायी नीलहरि भण्डारी नेत्र आचार्य, वाइपी आचार्य, विश्व क्षेत्री, मेलिना मोक्तान, बिराज अधिकारी, धनश्याम गौतम, प्रतीक क्षेत्री निम लामा पूर्वा तामाङ, रबिन गुरुङ, पर्शु अधिकारी, बैरागी माइलो लगायतले भाग लिएका थिए।
छलफलमा सहभागीहरूले ट्रम्पले चुनाव जितेमा पुन स्थापित भुटानी शरणार्थीहरू देश निकालको जोखिममा हुन सक्ने भन्ने श्रेष्ठको दाबीमा असहमति जनाए।
विषेश गरी प्राध्यापक माधव शर्माले श्रेष्ठले तर्कमा सबै भन्दा धेरै विमति राखेका थिए। यसै गरी डोना आचार्यले ट्रम्पको जितले रङ्गभेदले बढवा पाउन तथा घृणा र जातिवादी कुराले आफू चिन्तित हुने विचार राखे।
















