लमजुङले गुमायो कुशल महिला नेतृ छुपीमायालाई
लम्जुङ । लमजुङको राजनीतिमा राम्रो छाप बनाएकी दूधपोखरी गाउँपालिकाकी पूर्व अध्यक्ष छुपीमाया गुरुङको निधन भएको छ। ५८ वर्षीय गुरुङ, केही समयदेखि पाठेघरको क्यान्सरबाट पीडित थिइन्।
उपचारको लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमा निधन भएको बताइएको छ। गुरुङको निधनले नेपाली कांग्रेस र लम्जुङको राजनीतिक क्षेत्रमा ठूलो क्षति पुगेको छ। उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट दूधपोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्।
गुरुङले आफ्नो कार्यकालमा स्थानीय विकास, महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी थिइन्। उनले गाउँपालिकाको विकासका लागि विभिन्न कार्यक्रम र परियोजनाहरूमा सक्रिय भूमिका निभाएकी थिइन्। विशेष गरी, महिलाहरूको हकहितको लागि उनलाई विशेष चासो थियो।
गुरुङको निधनले उनीसँगै काम गरेका धेरै सहकर्मी र पार्टीका सदस्यहरूले शोकसन्देश जारी गर्दै श्रद्धासुमन अर्पण गरेका छन्। उनी एक प्रेरणादायक नेता र कुशल व्यवस्थापकको रूपमा लम्जुङवासीले सम्झिएका छन्।
गुरुङको परिवारमा उनका पति र दुई सन्तान छन्। गुरुङको निधनले लम्जुङको राजनीतिमा मात्रै नभएर, नेपाली काँग्रेसको सन्दर्भमा पनि ठूलो क्षति गरेको छ।