फिलाडेल्फिया युनियनलाई कोलम्बस क्र्यु विरुद्धको जीत निकै महत्त्वपूर्ण

पेन्सिल्भेनिया । फिलाडेल्फिया युनियनको नियमित सिजनको अन्तिम चरण नजिकिँदै गर्दा, टिमसँग अझै दुई खेल बाँकी छ । जसले प्लेअफ स्थान सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। शनिबार कोलम्बस क्र्युको घरेलु मैदान लोअर.कम फिल्डमा हुने खेलले युनियनलाई प्लेअफ कटअफ लाइन माथि जान मौका दिन सक्छ।
१०औं स्थानमा रहेको युनियन अहिले प्लेअफ कटअफ भन्दा तल छ। तर, बाँकी दुई खेलले युनियनलाई प्लेअफमा पुग्न ठुलो सहयोग पुर्याउन सक्छ।
यो सिजनमा फिलाडेल्फिया र कोलम्बस क्र्यु तेस्रो पटक भिड्न लागेका छन् । जसमा फिलाडेल्फियाले अहिलेसम्म कुनै पनि जित निकाल्न सकेको छैन। कोलम्बस क्र्यु, जसले हालै २०२३ एमएलएस कप र २०२४ लिग्स कप जितेको थियो । फिलाडेल्फियाका लागि चुनौतीपूर्ण प्रतिद्वन्द्वी बन्ने पक्का छ। कोलम्बसका मुख्य प्रशिक्षक विलफ्रेड नान्सीको नेतृत्वमा क्र्युले हाल उच्च प्रदर्शन गरिरहेको छ । जहाँ उनीहरूका स्टार खेलाडीहरू कुचो हर्नान्डेज र डिएगो रोसीले यस सिजनमा २९ गोल गरिसकेका छन्।
फिलाडेल्फियाका मुख्य प्रशिक्षक जिम कर्टिनले भने, “हामी दुई खेल बाँकी रहँदा जित्न सके, प्लेअफमा पुग्छौं। तर, अब हामीलाई कोलम्बस क्र्युजस्तो कडा प्रतिद्वन्द्वीको सामना गर्नु छ । जसलाई हामीले पछिल्लो ६ हप्तामा तीन पटक खेल्दै आएका छौं। उनीहरूको टिम धेरै खतरनाक छ। त्यसैले खेलमा तयारीका साथ जानु पर्नेछ।”
कोलम्बसले यो सिजनमा आफ्नो घरेलु मैदानमा केवल चारवटा खेल मात्र हारेको छ। त्यसमा पनि अन्तिम खेलमा उनीहरूले इन्टर मियामीसँग ३-२ ले हार व्यहोरेका थिए।
यदि फिलाडेल्फिया युनियनले शनिबारको खेलमा हार बेहोर्छ भने, अर्को खेल अगावै उनीहरू प्लेअफबाट बाहिरिन सक्छन्। टोरन्टो एफसी र सीएफ मोन्टरियलको खेलको नतिजामा आधारित, फिलाडेल्फिया बाहिरिने खतरा छ।
तर, जित निकाल्न सके फिलाडेल्फिया युनियनका लागि प्लेअफको ढोका भने अझै खुला रहनेछ।