नेपालमा सुनको मूल्यमा ४ सय बढ्दा चाँदीमा कति?

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। लगातार घट्दै आएको सुनको मूल्य आज तोलामा रु ४०० ले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु १,६०,९०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु १,६१,३०० मा पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले बढेको छ। बिहीबार प्रतितोला रु १,९५० मा कारोबार भएको चाँदी आज रु १,९८० निर्धारण भएको छ।
विहीवार सुनको मूल्य १,६०,९०० रहेको थियो।