ह्यारिसबर्गमा तीज उत्सव अगस्ट ३१ तारिख

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ हिन्दु नारीहरूको ठुलो चाड तीजलाई यस पटक अमेरिकाको पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा उत्सवकै रूपमा मनाइने भएको छ।
भुटनीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) ब्लुमिङ लोटस डान्स स्टुडियो र पेन स्टेटमा रहेको नेपाली एसोसिएसन क्लबको संयोजनमा अगस्ट ३१ तारिख शनिवार तीज उत्सव मनाउन लागिएको हो।
बीसीएचका अध्यक्ष तिलक निरौलाका अनुसार शनिवार मध्यान्न १२ देखि साँझ पाँच बजे सम्म स्वतारा टाउन सीपको आइभी रिज पार्क तीज उत्सव मनाइने छ।
‘हामी यो पटक देखि व्यापक रूपमा तीज मनाउँदै छौ।’ समाज टाइम्स सँग बीसीएच अध्यक्ष निरौलाले भने,’ह्यारिसबर्गमा सार्वजनिक ठाउँमा बृहत् सहभागितामा तीज मनाउन लागिएको यो पहिलो पटक हो।’
निरौलाका अनुसार तीज उत्सवमा नाचगानका साथै निःशुल्क खानाको व्यवस्था गरिएको छ। महोत्सवमा सहभागी हुन कुनै शुल्क तिर्नु पर्ने छैन।
यस्तै ७५ वर्ष भन्दा माथिका महिलाहरूलाई सम्मान गरिने छ। साथै ह्यारिसबर्गमा रहेका नृत्य स्कुलका विद्यार्थी बिचमा नृत्य प्रतिस्पर्धा पनि हुने भएको छ।
अध्यक्ष निरौलाले यस क्षेत्रमा रहेका सबैलाई तीज उत्सवमा सहभागी हुन अपिल गरेका छन्।
