साफ यु-२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको फाइनमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल ४-१ गोलले पराजित भएको हो ।
बंगलादेशको जितमा मिलजुल इस्लामले दुई, मोहम्मद रब्बी हुसेन र नाेभाले एक गोल गरे। यता नेपालका लागि समीर तामाङले गरेकाे गाेल सान्त्वना बन्याे।
पहिलो हाफमा १-० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।
मिलजुलले पहिलो हाफको अन्त्यमा फ्रि-किक मार्फत गोल गर्दै सुरुआती अग्रता दिलाए ।
खेलको ५५औं मिलजुल इस्लामले गोल गर्दै खेलमा २-० को अग्रता दिलाए ।
७१औं मिनेटमा मिलजुलको पासमा रब्बी हुसेनले गोल गर्दै बंगलादेशलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ को अबस्थामा ल्याए। तर, इन्जुरी समयमा बंगलादेशका लागि नाेभाले गाेल गर्दै ४-१ काे जित दिलाउँदै बंगलादेश च्याम्पियन बन्यो ।
पराजयसँगै नेपालको घरेलु मैदानमा च्याम्पियन बन्ने सपना अधुरै रह्यो ।
यसअघि नेपाल पहिलो सेमिफाइनल भुटानलाई तथा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउमा हराउँदै फाइनल यात्रा तय गरेको हो ।