अमेरिका निवासी पत्रकार तारा भट्टराईले ल्याइन नयाँ पुस्तक ‘मार्केट अफ स्वीटहार्ट’

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पत्रकार तथा साहित्यकार तारा भट्टराईको ‘मार्केट अफ स्वीटहार्ट’ नामक नयाँ पुस्तक प्रकाशन भएको छ।
लेखिका अमेरिकाको न्यु योर्क निवासी भट्टराईका अनुसार ‘मार्केट आफ स्वीटहार्ट’ गैर आख्यान विधाको पुस्तक हो ।
अमेरिकाबाट पनि पत्रकारिता तथा नेपाली भाषा–साहित्यको उनन्वयनमा समेत सक्रिय भट्टराईको यो पुस्तक साहित्य पोस्टले प्रकाशनमा ल्याएको छ।
पुस्तकमा महिला संवेदना,विद्रोह तथा सशक्तीकरण,न्यु योर्क शहरका पनि निक्कै वटा कथाहरू समेटिएका छन्।
अमेरिकी जर्नल ‘ग्लोबल प्रेस इन्स्टिच्युट’, नेपालको सम्पादक भएर काम गरिसकेकी भट्टराई साहित्य पोस्ट लगायत विभिन्न पत्रपत्रिकामा स्तम्भकारसमेत हुन् । यो उनको नेपाली भाषामा प्रकाशित पहिलो कृति हो।
पत्रकार भट्टराई स्पष्ट र स्वतन्त्र लेखनका कारण पाठकबिच सर्वप्रिय छिन। ३१ वटा लेख सङ्ग्रहित पुस्तकको मूल्य नेपालमा लागि ५ सय रुपियाँ तथा नेपालबाहिरका लागि बाह्र अमेरिकी डलर रहेको छ।