कोरिया जाने नेपालीले चर्को भाडा तिर्नु परेको छ, नेपाल एयरबाट सस्तोमा कोरिया जान पाउछन् : गगन थापा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ/ नेपाली कांग्रेसका महामन्त्री तथा सभासद् गगन थापाले नेपालबाट कोरिया जानेहरूले महँगो जहाज भाडा तिर्नु परेको भन्दै संसदमा आवाज उठाएका छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा सभासद् थापाले नेपाल एयरलाइन्सको सोझै उडान हुने हो भने हजारौँ नेपाली सस्तोमा कोरिया जान पाउने भएकाले त्यस तर्फ कदम चाल्न सरकार सँग माग समेत गरेका छन्।
उनले केही समय अगाडि आफू कोरिया गएको र त्यहाँको समस्या बुझेको पनि बताए।
‘म केही दिन अगाडि कोरिया गएको थिए। यहाँबाट कोरिया जाने मानिसहरूले जति भाडा तिरेका छन्, त्यति अन्यत्रबाट जानेले तिर्नु पर्दैन, भारत पाकिस्तान कहिबाट पनि तिर्नु पर्दैन, नेपाल एयरलाइन्सको फ्लाइटबाट यहाँबाट कोरिया लान सकियो भने जुन फ्लाइट लैजान मन्त्रीज्यू अलिकति तात्नु भयो भने भइहाल्छ।’ थापाले भने।








