अमेरिकाको क्यालिफोर्नियामा नेपाली दूतावासको कार्यालय खोल्नु पर्छ: गगन थापा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ/ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अमेरिकाको क्यालिफोर्नियामा नेपाली दूतावासको कार्यालय खोलिनु पर्ने बताएका छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै थापाले क्यालिफोर्नियामा हजारौँ नेपाली रहेको र पासपोर्ट बनाउन ६ घण्टाको फाइट लिनु परेको भन्दै त्यसमा सम्बोधन गर्नु पर्नेमा जोड दिए।
उनले क्यालिफोर्नियामा रहेका नेपालीको समस्या समाधानमा ठुलो धनराशि खर्चन नहुने पनि दाबी गरे।
‘क्यालिफोर्नियामा हजारौँ नेपाली छन् ६ घण्टाको फ्लाइट लिएर डलर तिरेर गएर वासिङ्टन डिसीमा जानु पर्छ।’ थापाले भने, ‘जम्मा बिस पचास लाख रुपैयाँ परराष्ट्र मन्त्रालयले अमेरिकामा भएको नेपाली दूतावासलाई दियो हो भने क्यालिफोर्निया एरियामा एउटा कार्यालय खोलिदियो भने आनन्दले नेपालीहरूले डलर त्यो पैसा नेपाल पठाउलान्।’








