सरकार फेरिएर कुरा फेरिँदैन,नक्कली भुटानी शरणार्थी, गिरिबन्धु र सहकारी ठगलाई अनुसन्धान गर्नै पर्छ: गगन थापा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ/ नेपाली कांग्रेसका महामन्त्री एवं सभासद् गगन थापाले सरकार फेरिँदैमा आफ्ना कुरा नफेरिने बताएका छन्।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै महामन्त्री थापाले भ्रष्ट्राचार लुकाउन ठुला दल मिले भन्ने आरोप छ लागेकाले नक्कली भुटानी शरणार्थी र गिरिबन्धुमा सरकारले प्रस्ट पार्नु पर्नेमा जोड दिए।
यस्तै महामन्त्री थापाले सहकारी ठगीमा पनि अनुसन्धान गरिनु पर्नेमा जोड दिए।
‘सभामुख महोदय यो सदनमा हामी पनि छौ, हामी यहाँ बस्दा एउटा कुरा त्यहाँ बस्दा अर्को कुरा भन्दैनौ त्यता बस्दा गिरिबन्धु देख्दै नदेख्ने, डेडिकेटेड ट्रङ्क लाइन देख्दै नदेख्ने बसेर सहकारी मजाले ठग्ने उता बसेर सबै देख्ने होइन। हामी उता बस्दा पनि त्यही हो यता बस्दा पनि त्यही हो गिरिबन्धुको जे हो त्यही हुनु पर्छ भुटानीको जे हो त्यही हुनु पर्छ, डेडिकेटेड ट्रङ्क लाइनको पनि एक रुपैयाँ पनि सरकार राज्य ठगिन हुन्न, सरकार सहकारीमा पनि ठगलाई अनुसन्धान गर्नै पर्छ।’ थापाले भने।
उनले अब मन्त्रीहरूले बोल्ने भन्दा पनि काम गर्ने समय भएको स्मरण गराए। ‘भदौ महिना मन्त्रीहरूले व्रत लिनुस्’ महामन्त्री थापाले भने।








