ल्यानक्यास्टरमा आगलागी हुँदा एक जनाको निधन, अपार्टमेन्टमा वर्षको चौथो आगलागी

ल्यानक्यास्टर/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा एउटा अपार्टमेन्टमा आगलागी हुँदा एक जनाको निधन भएको छ।
अग्नि नियन्त्रक अधिकारीले आगलागीमा दुई वटा घरपालुवा जनावर मरेको पनि जनाएको छ। प्रहरीले निधन हुने ५९ वर्षीय व्यक्ति भएको जनाएको छ।
ल्यानक्यास्टर टाउनशिप फायर डिपार्टमेन्टका अनुसार शनिवार साँझ आगलागी भएको हो।
बेलुका ४:३९ बजे वा ब्याङ्क रोडको केन्सिङ्टन क्लब अपार्टमेन्टको ६७५ विनक्रफ्ट लेनमा रहेको अपार्टमेन्ट भवनमा आगलागीको लागि भएको हो।
भवनबाट कालो धुवाँ र आलो देखिए पछि अग्नि नियत्रकहरु घटना स्थल पुगेका थिए। जुन बेला सम्म आगो तीव्र गतिमा फैलिएको थियो।
घटना कमान्डर क्याप्टेन मेल रेयसले तुरुन्तै अतिरिक्त स्रोतहरू ल्याउन आग्रह गरेका थिए।
म्यानहेम टाउनशिप, इस्ट पिटर्सबर्ग, लिटिज, विलो स्ट्रिट, लाफेएट, ल्यान्कास्टर टाउनशिप, रोहरर्सटाउन, माउन्ट जोय र ल्यानक्यास्टर सिटीबाट अग्नि नियन्त्रकहरू आगो नियन्त्रण लिन घटना स्थल आइपुगेका थिए।

साँझ ५ बजे सम्म आगोले अधिकांश भाग ध्वस्त बनाएको डिपार्टमेन्टले जनाएको छ। अर्को एक घण्टा धुवाँ उडिरहेको थियो। घटनास्थलमा राति ९ बजेसम्म टोली खटिएको थियो ।
६७५ विनक्रफ्ट लेनमा ८ अपार्टमेन्ट एकाइहरू छन्। आगलागीले ४ देखि ८सम्म विभिन्न डिग्रीमा इकाईहरूलाई क्षति पुर्याइको छ। भवनलाई बस्न योग्य नभएको जनाइएको छ।
रेडक्रसले २२ भन्दा बढी विस्थापित बासिन्दाहरूलाई सहयोग गरिरहेको जनाएको छ। आगलागीमा एक कुकुर र बिरालोको पनि मृत्यु भएको जनाइएको छ ।
भवनको लागि १.५ मिलियन अमेरिकी डलर र सामग्रीको लागि दुई लाख ५० हजार अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ।
यो अपार्टमेन्टमा हालैका वर्षहरूमा यो चौथो ठुलो आगलागी हो जसले केन्सिङ्टन क्लब अपार्टमेन्टको अपार्टमेन्ट भवनलाई ध्वस्त पारेको छ।
फोटो ल्यानक्यास्टर टाउनशिप फायर डिपार्टमेन्टको फेसबुक पेजबाट