उपत्यकाका नदी किनारका सुकुम्बासी वस्ती हटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश जारी गरेको हो ।
न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले सुकुमवासी बस्ती हटाउन आदेश जारी गरेको हो ।
अदालतले वास्तविक सुकुम्वासीहरूको पहिचान गरी इचङ्गुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न, त्यसले नपुगे आवश्यक सङ्ख्यामा अन्यत्र आवास निर्माण गर्न भनेको छ ।
अदालतले वास्तविक सुकुम्वासीहरूको हकमा स्थानान्तरणको सहजीकरणका लागि तत्काल राहतको रुपमा नगद प्रदान गरी अतिक्रमण हटाउन आदेश जारी गरिएको छ ।
