पाराग्वेमाथि ब्राजिलको फराकिलो जित
पेन्सिल्भेनिया । ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने साभियो र लुकास पाक्वेटाले एक एक गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि ओमार अलडेरेटले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ८१औं मिनेटमा आन्द्रेज कुबासले रातो कार्ड पाएपछि पराग्वे १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि ब्राजिलको २ खेलमा ४ अंक भएको छ र समुह डी मा दोस्रो स्थानमा छ । त्यस्तै पाराग्वेले भने लगातार दोस्रो हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।
अब ब्राजिलले समुह चरणको अन्तिम खेलमा जुलाई ३ मा कोलोम्बियाको सामना गर्ने छ । त्यस्तै सोहि दिन पाराग्वेले कोस्टारिकाको सामना गर्ने छ ।