कोपामा घरेलु टोली अमेरिका पराजित
पेन्सिल्भेनिया । कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । अमेरिकी समय अनुसार विहीबार भएको खेलमा अमेरिका पानामसँग २–१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ ।
जर्जियामा भएको खेलमा घरेलु टोली अमेरिका १८ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । टिमोथी वेहले फल गरेपछि भारको सहायतामा रातो कार्ड दिइएको थियो । १० खेलाडीमा समेटिए पनि अमेरिकाले २२ औं मिनेटमा सुरुआती अग्रता लियो । फ्लोरेन जेरी बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
१ गोलको अग्रता अमेरिकाले धेरैबेर भने जोगाउन सकेन । पानामका सिसर ब्ल्याकम्यानले २६ औं मिनेटमा बराबरी गोल गरेका थिए । जोसे फजार्डो नेल्सनले अब्दिएल अरमान्डो आयार्जा बोकेनेग्राकोे पासमा ८३ औं मिनेटमा गोल गरेपछि पानामा २–१ ले अघि बढेको थियो ।
८८ औं मिनेटमा अडाल्बर्टो केराक्किलाले रातो कार्ड पाएपछि पानामा पनि १० खेलाडीमा समेटिएको थियो । जितसँगै पानामाले पहिलो ३ अंक जोडेको छ । समूह सीमा पानामा तेस्रो स्थानमा छ भने पराजित भएको अमेरिका समान ३ अंकका साथ दोस्रो स्थानमा छ ।
उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ । विहीबार भएको अर्को खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको जितमा फाकुनडो पेलीस्ट, डार्विन नुनेज, म्याक्सिमिलियानो अराउजो, फेडेरिको भाल्भर्डे र रोड्रीगो बेनटानचरले एक एक गोल गरेका थिए ।
उरुग्वेले यस अघि पहिलो खेलमा पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
यो जितपछि उरुग्वेले समुह सी मा २ खेलमा ६ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । उरुग्वेको क्वाटरफाइनलमा पुग्ने निश्चित जस्तै रहेको छ ।
समुह चरणको अन्तिम खेलमा उरुग्वेले अमेरिकाको सामना गर्ने छ भने पानामाले बोलिभियाको सामना गर्ने छ ।