भारत र क्यानडाबीचको विश्वकप खेल रद्द

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया । आइसीसी टी-२० विश्वकप क्रिकेटमा भारत र क्यानडाबीचको खेल रद्द भएको छ । फ्लोरिडाको लाउडरहिलमा तय भएको प्रतियोगिता वर्षाका कारण रद्द भएको हो । अम्पायरहरूले दुई पटक निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय गरेका हुन् ।
वर्षाका कारण यस मैदानमा लगातार तेस्रो खेल हुन सकेन । फ्लोरिडामा वर्षाका कारण आज पनि खेलको टस हुन सकेन । फ्लोरिडामा पछिल्लो एक सातादेखि भारी वर्षा भइरहेको छ । टी–२० विश्वकपको इतिहासमा भारतको दोस्रो खेल रद्द भएको छ ।
२००७ मा, भारत-स्कटल्याण्ड खेल पनि टस पछि रद्द भएको थियो। भारत समूह ए बाट सुपर एटमा पुगिसकेको छ । जसले गर्दा आजको नतिजाले कुनै पनि प्रभाव पार्दैन ।
अमेरिकी क्रिकेटले बनायो इतिहास, पुग्यो टी २० विश्वकपको सुपर एटमा
यही समूहबाट अमेरिकाले पनि अन्तिम ८ मा स्थान पक्का गर्दा पाकिस्तान, क्यानडा र आयरल्याण्ड बाहिरिएका छन् । यही मैदानमा आइतबार पाकिस्तान र आयरल्याण्डले समूह चरणको अन्तिम खेल खेल्ने छन् ।
भारतले सुपर एटमा वेस्टइन्डिजको सेन्ट लुसियामा जुन २० तारिखमा अफगानिस्तानसँग खेल्ने छ ।
यस टी–२० विश्वकपमा अहिलेसम्म ४ खेल वर्षाका कारण अनिर्णित भएका छन्, जसमध्ये ३ खेल फ्लोरिडामा रद्द भएका छन् । लाउडरहिलको अवस्था : यस मैदानमा भएको लगातार तेस्रो खेल वर्षाका कारण रद्द भएको छ । यही मैदानमा १२ जुनमा नेपाल–श्रीलंका र १४ जुनमा अमेरिका–आयरल्यान्डको खेल पनि रद्द भएको थियो । ब्रिजटाउनमा भने एक खेल रद्द गरिएको छ।