फिफा विश्व कप छनोट:छैटौ खेलमा नेपालले अंक जोड्यो, यमन सँग २-२ गोल बराबरी
काठमाडौं/ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल अंकबिहीन हुनबाट जोगिएको छ।
मंगलवार साउदी अरेबियामा भएको खेलमा नेपालले यमनसँग २-२ गोलको बराबरी खेलेको हो।
यमनले नासिर अहमेदले नवौं मिनेटमा गरेको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। नेपालका लागि सन्जिव विष्टले २२ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।
जिलेस्पीजंग कार्कीले ६६ मिनेटमा गोल गरेपछि खेलमा नेपालले अग्रता लिएको थियो। तर नेपाल अन्तिम समयमा सम्हालिन सकेन। यमनका सब्सिच्युट खेलाडी मोहमद दानीले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल गरे।
खेलमा नेपालका कप्तान किरणकुमार लिम्बूले नेपालका लागि सयौं खेल पूरा गरे। यससँगै नेपालका लागि सयौ क्याप जित्ने पहिलो खेलाडी बन्न सफल भए।

छनोटमा नेपाल समूह ‘एच’ मा चौथो भयो। नेपालले युएई र बहराइनविरुद्धका दुवै खेल गुमायो। यमनविरुद्धको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो। अन्तिम खेलमा यमनसँग बराबरी खेल्दा नेपाल अंकबिहीन हुनबाट जोगियो।
नेपालले ६ खेलमा २० गोल खदा २ गोल गर्न सफल भयो। सुरुवाती पाँच खेलमा नेपालले पाँचै खेल हार्दा १८ गोल खाएको थियो भने कुनै गोल गर्न सकेको थिएन।















