कांग्रेसले असंसदीय व्यवहार गर्यो : एमाले
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेकपा एमालेले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अरजकता मच्याएको आरोप लगाउदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गरे ।
उनले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिडिरहेको आरोप लगाए ।
उनले कांग्रेसले संसद अवरोध गरिरहे बैठक अगाडी बढ्ने दाबि गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने बताए ।















