क्यानडाका लागि नेपाली राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

Getting your Trinity Audio player ready...
|
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले ओहदाको प्रमणपत्र बुझाएका छन् । पौड्यालले क्यानडाका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
ओटावामा बुधबार आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेस गरेको दूतावासको सामाजिक सञ्जालमार्फत जानकारी गराइएको छ ।
ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।