एनआरएनए युगान्डाले गरेको कार्यक्रममा १०९ जनाले गरे रक्तदान

Getting your Trinity Audio player ready...
|
कम्पाला । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको आयोजनामा ब्लड बैंक युगान्डासंग सहकार्य गरि आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले रक्तदान गरेका छन ।
कम्पालामा युगान्डाका लागि नेपाली मानार्थ वाणिज्यदूत डा. सुधिर रुपारेलियाको कम्पाला प्यारेन्ट्स स्कुलमा राखिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले रक्तदान गरेका हुन । एनआरएनएकै सबैभन्दा कान्छो उमेरमा नेतृत्व गरिरहेकी गैर आवासीय नेपाली संघ युगान्डाकी अध्यक्ष रमा अर्यालबाट शुरु गरिएको रक्तदान कार्यक्रममा पूर्व अध्यक्ष बिनोद थापा, पूर्व वरिष्ठ उपाध्यक्ष धनराज गिरि, पूर्व सह-कोषाध्यक्ष कल्पना अर्याल, वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष तारा गिरि, महासचिव राजु थापा , कोषाध्यक्ष मालती राना लगायत नेपालीहरुको कार्यक्रममा उल्लेख्य भूमिका रहेको थियो ।
गैर आवासीय नेपाली संघ युगान्डाले आयोजना गरेको उक्त कार्यक्रमलाई नरेन शर्मा, बिणा थापा, मालती राना, युवा संयोजक मुकेश मेहता, एक्युरेट सेक्युरिटी, साइन कुजिन रेस्टुरेन्ट, हिमालयन रेस्टुरेन्ट, नेपालय रेस्टुरेन्ट, फुड प्लानेट, युगान्डाका लागि नेपाली मानार्थ वाणिज्यदूत डा. रुपारेलिया, एस. आर.सलुन लगायतले प्रायोजन गरेका थिए ।

युगान्डामा रहेका नेपालीहरुबाट यस्ता सामाजिक परोपकारी कार्यबाट सिक्न र यस्ता कार्यलाई सहयोग गर्नुपर्ने भन्दै इन्डियन एसोसिएसन, पाकिस्तान एसोसियसन लगायत भारतका विभिन्न प्रदेशका विभिन्न संस्थाहरुबाट समेत प्रायोजकका रुपमा सहयोग मिल्नुको साथै स्थानीय समुदायको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।