युएस ओपनमा इस्काका १५ खेलाडी

Getting your Trinity Audio player ready...
|
टेक्सस/ अमेरिकाको टेक्ससमा हुने युएस ओपनमा इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन अफ अमेरिका (इस्का) का १५ खेलाडीले भाग लिने भएका छन्।
इस्का नेपाली भाषी भुटानी समुदायले कराते खेलको विकासका लागि सन् २०१६ मा स्थापना गरेको संस्था हो। यसको अमेरिकाका चार सहरमा डोजो रहेको छ।
‘हाम्रा सबै खेलाडी टेक्सस आइपुगे, यस पटक १५ जनाले प्रतिस्पर्धा गर्दै छन्’ इस्काका अध्यक्ष तथा प्रमुख प्रशिक्षक शिव योगीले समाज टाइम्स सँग भने।
योगीले आफ्ना खेलाडी उच्च मनोबल सहित प्रतिस्पर्धामा उत्रने बताए। ‘हामी सन् २०१७ देखि नै यो प्रतियोगितामा भाग दिँदै छौ।’ योगीले भने,’खेलाडीले सफलता पाउँछन् भन्नेमा आशावादी छु’
यो प्रतियोगितामा सहभागी हुन नेपाल दुई राष्ट्रिय खेलाडी अमेरिका आइसेका छन्।