अपडेट : फ्रान्सिस स्कट की पुलमा ठोकिएको जहाजका २२ जना सकुशल अरुको उद्दार जारी
पेन्सिल्भेनिया । अमेरिकाको मेरिल्याण्डमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट की’ पुल भत्किएको छ । न्यूयोर्क टाइम्सका अनुसार घटना अमेरिकी समय अनुसार बिहान १.३० बजे भएको हो। पुलमा ठोक्किएपछि पानी जहाजमा आगो लागेको थियो । सिंगापुरको झण्डा बोकेको यो जहाज श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो ।
जहाज व्यवस्थापन कम्पनी सिनर्जी मरिन ग्रुपले दुई क्याप्टेनसहित २२ चालक दलका सबै सदस्य भारतीय रहेको बताएको छ । उनीहरु मध्ये कोही पनि घाइते भएका छैनन् । पुलमा जहाज ठोक्किएको थियो ।
जहाज २२ अप्रिलमा श्रीलंका पुग्ने कार्यक्रम थियो । जहाजको नाम डाली रहेको बताइएको छ । पुल भत्किँदा धेरै सवारी साधन र यात्रु पानीमा डुबेका छन् । दमकल विभागका अनुसार हालसम्म ७ जना बेपत्ता छन् भने २ जनाको उद्धार गरिएको छ । जसमध्ये एकको अवस्था गम्भीर छ ।
पानीमा डुबेका मानिसको ज्यान बचाउन उद्दार कार्य जारी छ । मेरील्याण्डको यातायात सचिवले दुर्घटनाको समयमा पुलमा धेरै कर्मचारीहरू पनि उपस्थित रहेको बताएका छन्।
हालसम्म पुलमा कति मानिस थिए र उनीहरु अहिले कस्तो अवस्थामा छन् भन्ने खुल्न सकेको छैन । ब्लूमबर्गको रिपोर्टका अनुसार मेरील्याण्ड यातायात प्राधिकरणले पुलमा दुर्घटना भएपछि सबै लेनहरू बन्द गरी यातायात बन्द गरिएको बताएको छ।
डालीको जहाज ९४८ फिट लामो थियो। फ्रान्सिस की पुल १९७७ मा पटापस्को नदी मा बनाइएको थियो। अमेरिकाको राष्ट्रिय गान लेख्ने फ्रान्सिस स्कट कीको नाममा यसको नाम राखिएको हो।
डाली जहाजको स्वामित्वमा रहेको कम्पनीले जहाजमा उपस्थित दुई पाइलटसहित सम्पूर्ण चालकदल सकुशल रहेको जनाएको छ । उनीहरु घाइते भएका छैनन् । जहाज र पुल ठोक्किनुको कारण भने खुल्न सकेको छैन । जहाजका मालिक र अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।
गत वर्ष बाल्टिमोर बन्दरगाहबाट ६.६७ लाख करोड रुपैयाँको सामान निर्यात भएको थियो
मेरील्याण्ड सरकारको वेबसाइटका अनुसार गत वर्ष बाल्टिमोर बन्दरगाहबाट करिब ५२ मिलियन टन अन्तर्राष्ट्रिय कार्गो गएको थियो।
यस बन्दरगाहबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । द












