बकनेर मिडवेस्ट कप : ड्रुक सितोकाई रिनोल्डवर्सले जित्यो दश स्वर्ण
सिन्सिनाटी/ ड्रुक सितोकाई रिनोल्डवर्स ओहायोकोले बकनेर मिडवेस्ट कपमा दश स्वर्ण पदक जितेको छ।
सिन्सिनाटीमा शनिवार सम्पन्न प्रतियोगितामा ड्रुक सितोकाई रिनोल्डवर्सले २३ रजत र १६ कास्य पदक जित्यो। ड्रुक सितोकाई नेपाली भाषी भुटानीले स्थापना गरेको कराते स्कुल हो।
सेन्सि यदु कुइँकेल र सेन्सि तुला ढकालको नेतृत्वमा ड्रुक सितोकाईका २१ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए। सेन्सि कुइँकेल प्रशिक्षक र सेन्सि ढकाल रेफ्रीको भुमिकामा थिए।
प्रतियोगिता एमेच्योर एथलेटिक्स संघ (एएयु ) र यु एस करातेको नियम अनुसार खेलाएको थियो। ड्रुक सितोकाईका खेलाडीहरूले दुई खेल नै खेलेका थिए।
बकनेर मिड वेस्ट कप प्रत्येक वर्ष खेलाइन्छ। बकनेर मार्सल आर्ट्स १९७२ मा स्थापना भएको सितोरियो स्टाइलको कराते हो। यस खेललाई टीफन एम. बकनेर स्थापन गरेका हुन र यो सिन्सिनाटी ओहायो सेरोफेरोमा पर्ने गर्छ।
ड्रुक सितोकाई भुटानीहरूको खेलकुदलाई प्रतिनिधित्व गर्ने संस्था हो । यो ओहायोमा दर्ता गैर नाफा मूलक संस्था भएको जनाइएको छ। भुटानी करातेको ईतिहसलाई पुनरावलोकन र पुनर्जागरण गर्ने मिसन लिएको संस्थाका पदाधिकारीको भनाई छ।
गुट र उपगुटमा परिणत भएको भुटानी करातेलाई नयाँ शिराबाट उठाएर लाने परिकल्पना गरेको मदन राईले बताए ।
ढकालका अनुसार एसएमएआरटी भिजनमा अगाडि बढी रहेको ड्रुक सितोकाईमा डोजोहरु आबद्धता हुने क्रम जारी छ। जस अन्तर्गत हाल सम्म अमेरिका र क्यानडामा गरी ६ डोजोहरु सञ्चालनमा रहेको बताइएको छ ।
ड्रुक सितोकाईले मार्च १६ र १७ तारिका ड्रुकअनलाई काता कम्पटिसन राखेको छ जनाएको छ। त्यसमा अधिक भन्दा अधिक खेलाडी सहभागी हुने ड्रुक सितोकाई आशावादी रहेको यसका प्रवक्ता सेन्सि मदन राईले बताए।
त्यसै गरी ड्रुकसितोकाईको रेफ्री चिफको रूपमा सेन्सि माया लेप्चा रहेकी छिन भने सेन्सि सन्त राई आर्थिक सङ्कलनको जिम्मेवारी समालेको जनाइको छ।















