मानसिक स्वास्थ्यबारे न्यु योर्क सिटी र एनआरएनएले चेतना मूलक कार्यक्रम गर्दै
न्यु योर्क/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका (सूर्य लम्साल समूह) ले मानसिक स्वास्थ्य सम्बन्धमा चेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ।
मानसिक स्वास्थ्यको लागि हामीले अझ के गर्न सक्छौँ भन्ने नारा सहित न्यु योर्क सिटी सँगको सहकार्यमा एनआरएनए अमेरिकाले कार्यक्रम गर्न लागेको हो।
महासचिव यदु बन्जराका अनुसार मार्च दुई तारिख शनिवार भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरिने छ। कार्यक्रम बिहान दश देखि एक बजे सम्म (न्यु योर्क समय) हुने छ।
‘समाजमा दिन दिनै दुखद घटना घटिरहेका छन्, किन यस्तो हुन्छ, यसको रोकथाम के हुन सक्छ अमेरिकाले यसलाई कसरी लिएको यी विषयमा जानकारी दिन हामीले कार्यक्रमको आयोजना गरेका हौ।’ समाज टाइम्स सँग महासचिव बन्जराले भने ।
उनका अनुसार न्यु योर्क सिटीका स्वास्थ्य क्षेत्रका विज्ञहरू कार्यक्रममा रहेन छन्। जसमा नेपाली पनि हुने छन्।
महासचिव बन्जराले कार्यक्रममा सहभागिताले समुदायमा चेतना फैलाउन सहयोग हुने विश्वास व्यक्त गरे।
‘मानसिक स्वास्थ्य तपाई हाम्रै नजिका मान्छेमा पनि हुन सक्छ तर हामीलाई त्यस बारेमा अनविज्ञ हुँदा घटना घटिरहेको छ।’ उनले भने,’कम्तीमा त्यसबारेमा सबैमा जानकारी हुनु राम्रो हो।’
मेन्टल हेल्थ सम्बन्धी ट्रेनर दीपक चौधरीले सहभागीलाई समस्या र समाधानका बारेमा जानकारी दिने छन्।
कार्यक्रममा सहभागी हुने नाम भने दर्ता गर्नु पर्ने छ। सहभागिताका लागि यो यहाँ क्लिक गरेर फारम भर्नु पर्ने हुन्छ।

















