प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारण सभा व्यवस्थापन समिति गठन

पेन्सिल्भेनिया/ उपाध्यक्ष भीम ओलीको संयोजकत्वमा प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाले दोस्रो साधारण सभाका लागि १९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ।
ओएनएफको दोस्रो साधारण सभा मे २५ र २६ तारिख क्यालिफोर्निया राज्यको लस एन्जलस शहरमा हुँदै छ।
ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिका क्षेत्रका इन्चार्ज प्रभु थापाको प्रमुख आतिथ्य र ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा आइतबार बसेको बैठकले ओलीको अध्यक्षतामा समिति गठन गरेको हो।
‘ओएनएफ अमेरिकाको पन्धौं केन्द्रीय कमिटीको निर्णय अनुसार साधारण सभालाई भव्य, सव्य र व्यवस्थित गर्नका लागि उपाध्यक्ष भीम प्रकाश ओलीको संयोजकत्वमा १९ सदस्य मूल व्यवस्थापन कमिटी गठन गरिएको छ।’ सोमवार राति जारी विज्ञप्तिमा उल्लेख छ।
यस्तै ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय सदस्य क्यालिफोर्निया निवासी राजेन्द्र शिवाकोटीको संयोजकत्वमा १३ सदस्य सल्लाहकार कमिटी निर्माण गरेको जनाइएको छ ।
‘दोस्रो साधारण सभालाई व्यवस्थित गर्नका लागी क्यालिफोर्निया राज्यमा बसोबास गर्ने प्रवासी नेपाली मंचमा विभिन्न जिम्मेवारी बहन गर्नु भएका र सामाजिक संघ संस्थामा अग्रणी भूमिका निभाउनु भएका मित्रहरूलाई सल्लाहकार समितिमा राखिएको हो।’ ओएनएफ अमेरिका अध्यक्ष लामिछानेले बताए।
साधारण सभाको पहिलो दिन मे २५ तारिख बेलुका ५ बजे केन्द्रीय कमिटीको फिजिकल बैठक बस्ने जनाइएको छ। सो बैठकमा साधारण सभामा प्रस्तुत हुने प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पास गरी ओएनएफ अमेरिकाको आगामी कार्यक्रम तयार गर्ने जनाइएको छ।
यसै गरी मे २६ तारिख बिहान ८ बजे क्यालिफोर्निया राज्य कमिटीको पुनर्गठन गरिने कार्यक्रम राखिएको छ। यस्तै बिहान ११ बजे देखि साधारण सभाको उद्घाटन सत्र प्रारम्भ हुनेछ ।
उद्घाटन सत्रमा ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिवालय सदस्य एवं अमेरिकीका महादेश इन्चार्ज प्रभु थापा, अमेरिका महादेश अध्यक्ष ईश्वरी भट्ट लगायतका केन्द्रीय एवं स्थानीय विभिन्न संघ संस्थाका प्रमुख नेताहरू अतिथि रहने छ।
कार्यक्रममा डा. रुद्र अर्याल, डा. सतिस देवकोटा, डा. विजय पौडेल र इन्जिनियर कुलमणि आचार्यले नेपाल जस्तो विकासोन्मुख देशमा वातावरणीय प्रभाव, नेपालको आर्थिक अवस्था र उपयुक्त विकासको मोडल प्रस्तुत गर्ने जनाइएको छ।
यस्तै अमेरिकन राजनीति र नेपालमा अपनाउनु पर्ने रणनीति, अमेरिकन नेपालीहरूको अवस्था र लगानीका प्रमुख प्रभावकारी क्षेत्र सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिने छ। साथै गैर आवासीय नेपाली नागरिकता, प्रवासबाट नेपालमा भोटिड्ग गर्ने व्यवस्था आदी सवालमा व्यापक छलफल गरिने कार्यक्रम छ ।
बन्द सत्रमा ओएनएफ अमेरिका अन्तर्गत गठन भएका २७ राज्य कमिटीहरूले विगत वर्षमा सम्पन्न गरेका कार्यक्रमहरूको समीक्षा गरी आगामी वर्षमा गरिने कार्यक्रमहरूको योजना निर्माण गर्ने र लस एन्जलस घोषणा पत्र तयार गरी दोस्रो साधारण सभा सम्पन्न गर्ने भनिएको छ।
साधारण सभामा क्यालिफोर्निया राज्यमा रहेका सबै सदस्यहरू, सबै राज्य कमिटीका पदाधिकारीहरू एवं ओएनएफ आबद्ध मित्रहरू, अमेरिकाको सल्लाहकार कमिटी, बुद्धिजीवी कमिटी, विषय विज्ञ कमिटी, अमेरिका केन्द्रीय कमिटीका सबै सदस्यहरू, अमेरिका महादेश कमिटीका सबै मित्रहरू, अन्तर्राष्ट्रिय कमिटी अन्तर्गत गठित सबै विभागका मित्रहरू र अमेरिकाबाट अन्तर्राष्ट्रिय कमिटीका गरी करिब तीन सय जनाको सहभागिता हुने जनाइएको छ।
प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारण मूल व्यवस्थापन कमिटी र सल्लाहकार कमिटीको नामावली यस प्रकार छ ।
दोस्रो साधारण सभा मूल व्यवस्थापन कमिटी :
• संयोजक : भीम ओली
• उप-संयोजक : गोकर्ण दाहाल
• सदस्य : गोविन्द खनाल
• सदस्य : बिजय भट्टराई
• सदस्य : भुवन अधिकारी
• सदस्य : मणि भण्डारी
• सदस्य : विजय बगाले
• सदस्य :संजय के. सी.
• सदस्य : शंकर लुंगेली
• सदस्य : दीपक पाण्डे
• सदस्य : दुर्गा आचार्य
• सदस्य : बिष्णु न्यौपाने
• सदस्य : तुलसी पौडेल
• सदस्य : कृष्ण गुरुंग
• सदस्य : प्रकाश खनाल
• सदस्य : बिनोद भेटवाल
• सदस्य : चिरणजीबि गौतम
• सदस्य : राजु श्रेष्ठ
• सदस्य : गोबिन्द अधिकारी
सल्लाहकार कमिटी :
• संयोजक : राजेन्द्र शिवाकोटि
• सदस्य : बलराम थापा
• सदस्य : बल राई
• सदस्य : राज कुमार धिमाल
• सदस्य : संगीता शिवाकोटि
• सदस्य : इश्वरी भट्टराई
• सदस्य : इश्वरी पाण्डे
• सदस्य : ओम संबाहम्पे
• सदस्य : विजय कटुवाल
• सदस्य : विद्रोह बिस्ट
• सदस्य : घन दवाडी
• सदस्य : मोहन ओली
• सदस्य : डोल्मा लामा