जय नेपाल फाउनडेशनले ‘स्मार्ट सिटी: फ्रम ग्लोबल प्रस्पेक्टिभ टु लोकल प्राक्टिस’ कार्यक्रम आयोजना गर्ने

अमेरिका/ जय नेपाल इन्टरनेशनल फाउनडेशनले स्मार्ट सिटी: फ्रम ग्लोबल प्रस्पेक्टिभ टु लोकल प्राक्टिस (स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्ष्यबाट स्थानीय अभ्याससम्म) भर्चुअल कार्यक्रमको आयोजना गर्न लागेको छ।
विषय बस्तुको गहनतालाई ध्यानमा राख्दै कार्यक्रम मार्च २ तारिख र अप्रिल ६ तारिख गरेर दुई चरणमा गर्न लागेको आयोजकले बताए।
कार्यक्रममा पालुङ्गटार नगरपालिकाका पूर्व तथा प्रमुख इन्जिनियर दीपक बाबु कँडेल, दीपेश बिष्ट-सीईओ/सदस्य सचिव- ई-गभर्नेन्स आयोग, इन्जिनियर सतीश त्रिपाठी, भीम ढुङ्गाना-अध्यक्ष, नेपाल नगरपालिका संघ तथा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख, बुटवल नगरपालिकाका प्रमुख खिलराज पाण्डे, गोरखा नगर पालिकाका उप-प्रमुख सपना पुन, डा. देशराज संयोक, केशव भट्टराई प्यानल छलफलमा सहभागी हुनेछन।
यस्तै डा. नीरज श्रेष्ठले कार्यक्रम संचालन तथा जय नेपाल फाउनडेशन नेपालका अध्यक्ष बद्रि अर्यालले नेपालका स्थानीय निकायसँग समन्वय गर्ने अध्यक्ष डा. यादव पण्डितले बताए।
विश्वव्यापी रूपमा स्मार्ट सिटीको अवधारणा आएको यस कार्यक्रमले नेपालमा समेत भावी दिनमा विश्वमाझ स्मार्ट सिटीको बिकाशगर्दै आफूलाई चिनाउने कार्यमा यस कार्यक्रमले टेवा पुर्याउने विश्वास आयोजकले लिएको जनाएको छ।
कार्यक्रमको विवरण- अमेरिका समय
मिति:- मार्च २, २०२४ (शनिवार)
समय :- बिहान ९.१५ बजे न्युयोर्क समय
बिहान ८.१५ बजे टेक्सस समय
बिहान ६.१५ बजे क्यालिफोर्निया समय
नेपाली समय
मार्च २, २०२४ शनिवार साँझ ८.०० बजे
कार्यक्रममा सहभागी हुनको लागि तलको जुम लिङ्क प्रयोग गर्नुहोला।
Meeting ID: 995 1916 3277
Passcode: 2024