पेन्सिल्भेनियाको ह्यारिसबर्ग स्थित ग्लोबल तेक्वान्दोमा ५० जनाको बेल्ट ग्रेडिङ
ह्यारिसबर्ग/ ग्लोबल तेक्वान्दो एकेडेमी ह्यारिसबर्गमा ५० जनाको बेल्ट ग्रेडिङ गरिएको छ। सन् २०२१ मा स्थापना भएको ग्लोबलमा १३ जनाले ब्लु बेल्टको परीक्षा उतृर्ण गरि हाई ब्लु बेल्ट पाएका छन्।
ग्लोबल तेक्वान्दो एकेडेमीका संचालन तथा मुख्य प्रशिक्षक प्रकाश ढुङ्गानाका अनुसार ती १३ जनाले तेक्वान्दोको शुरुवात नै उनकै स्कुलमा गरेका हुन्।
गत शनिवार एकेडेमीमै भएको बेल्ट ग्रेडिङमा डेपुटी ब्ल्याक बेल्ट प्रिलिमेरीमा चार जना टेस्ट दिएका थिए।

ढुङ्गानाका अनुसार ब्ल्याक बेल्ट फस्ट डानका लागि दुई र सेकेन्ड डानका लागि पाँच जनाले टेस्ट दिएका छन्।
ओहायो र केन्टकीमा सनसाइन तेक्वान्दो स्कुल संचालन गर्दै आएकी मास्टर कौशिल्या खनालको नेतृत्वमा रहेको प्रशिक्षकहरूको टिमले खेलाडीको बेल्ट टेस्ट परीक्षा लिएका थिए।

प्रशिक्षक टोलीमा सहायक मास्टरहरू डेक दर्जी, सोम आचार्य र विनीता पुरी राई रहेका थिए। यस्तै इन्टक्टरमा हेम आचार्य, छत्र सुवेदी, ममता सुवेदी र विनोद गुरुङ रहेका थिए।














