पुटिनको विषयमा हेली द्वारा ट्रम्पको आलोचना

पेन्सिल्भेनिया/ रिपब्लिकन पार्टीको तर्फबा अमेरिकामा राष्ट्रपति उम्मेदवार बन्ने रहेका डोनाल्ड ट्रम्प र निक्की हेली बिच एकले अर्कोलाई आलोचना गर्ने क्रम बढ्दो छ।
ककसमा ट्रम्प अगाडि रहे पनि हेलीले अझैं चुनावी मैदान छाडेकी छैनन् । उल्टै उनले ट्रम्पमाथि कडा टिप्पणी गर्दै आफ्नो माहोल बलियो बनाउने प्रयासलाई जारी राखेकी छिन् ।
एक अमेरिकी च्यानललाई अन्तर्वार्ता दिँदै हेलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकासँग मित्रता गर्न सक्ने व्यक्ति नभएको बताइन् । उनले पूर्व राष्ट्रपति ट्रम्प पुटिनको पक्षमा रहेको बताइन् ।
गत साता साउथ क्यारोलिनामा ट्रम्पले अमेरिकी जनतालाई पुटिन हाम्रो साथी र राम्रो मान्छे होइनन् भन्ने कुरा सम्झाउन चाहन्छौं भनेका थिए । यो भनाई प्रति हेलीले कडा टिप्पणी गर्दै ट्रम्पको अभिव्यक्तिले पुटिनलाई थप शक्तिशाली बनाएको छ ।