कांग्रेस महासमिति बैठकमा प्रवासका एजेन्डा
काठमाडौँ। नेपाली कांग्रेसको महासमिति बैठक सोमबार देखि ललितपुरको गोदावरीमा सुरु हुदैछ। महासमिति बैठकलाई नीति अधिवेशन पनि भन्ने गरिन्छ।
नेपालको पुरानो लोकतान्त्रिक पार्टी, संसदको सबै भन्दा ठुलो दलले अब आफ्नो नीति कस्तो बनाउँछ अझ प्रवासमा रहेका नेपाली प्रति उसको धारणा के आउँछ भन्ने चासोको विषय बन्ने नै भयो।
वैदेशिक रोजगारी, उच्चशिक्षा अध्ययन र स्थायी रूपमा नै विदेशमा बस्ने गरी देश छोड्नेको संख्या दिन दिनै पढ्दो छ।
मुलुकको कुल जनसङ्ख्याको झन्डै एक तिहाइ सीमा बाहिर हरेको तथ्याङ्क छ। मुलुकको अर्थतन्त्रको मुख्य हिंसा मध्येमा रेमिट्यान्स पनि रहेको छ।
यस्तो अवस्थामा कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले आ आफ्नो प्रतिवेदनमा प्रवासी एजेन्डालाई पनि समेट्ने प्रयास गरेका छन्।
महासमिति बैठक अगाडि उपसभापति र महामन्त्रीहरूले पार्टीको केन्द्रीय समितिको शुक्रवारको बैठकमा सो प्रस्ताव पेस गरेका हुन्।
उपसभापति खड्काको प्रस्तावमा विदेशमा रहेका नेपालीहरूलाई राष्ट्र निर्माणमा सहभागी गराउनु पर्नेमा जोड दिएका छन् ।
यसै गरी महामन्त्री थापाको प्रस्तावमा नेपाली जनसम्पर्क समितिको सङ्गठनका बारेमा उल्लेख छ।
अर्का महामन्त्री शर्माले श्रमिकहरूका बारेमा आफ्नो प्रस्तावमा स्थान दिएका छन्।















