पूर्व राष्ट्रपति ट्रम्प विरुद्धको मुद्दामा आज महत्त्वपूर्ण फैसला हुन सक्ने

न्यु योर्क, ट्रम्प विरुद्ध म्यानह्याटन डिस्ट्रिक्ट अर्टोनीको मुद्दामा आज फेब्रुअरी १५ गते महत्त्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ ।
एक पोर्न स्टार महिलालाई हस् मनि अर्थात् मौन बस्न भनी पैसा दिएको भनी ट्रम्प माथि लागेको मुद्दामा न्यु योर्क अदालतले ट्र्याल अर्थात् बहसको लागि मिति तोक्न सक्ने अनुमान गरिएको छ ।
न्यु योर्क टाइम्सका अनुसार जस्टिस हुआन एम. मरचेनले ट्रम्पले आफू विरुद्धको मुद्दा सुनवाइलाई लम्ब्याउन वा तत्काल नगर्न भनी गरेको आग्रहको विषय आज बिहीबार बिहान ९:३० बजे बाट सुनुवाइ सुरु गर्ने बताएको छ ।
जनकारहरू जस्टिस मरचेनले ट्रम्पको सो अफिल अस्वीकार गर्ने अकालन गरेका छन् । यदि जस्टिस मरचेनले ट्रम्पको अफिल खारेज गरेमा मार्च २५ बाट ट्रम्पको हस् मनिका मुद्दामा अदालतमा बहस हुन सक्ने न्यु योर्क टाइम्सले लेखेको छ।
यसो त ट्रम्प विरुद्ध विभिन्न मुद्दाहरू विचाराधीन छन् । अर्को तर्फ आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फ बाट ट्रम्पको उम्मेदवारी प्राय निश्चित जस्तै देखिन्छ ।
यस्तो मा यदि उनी माथिका फौजदारी अभियोगका मुद्दाहरूको बहस अदालतमा चलिरहँदा उनको निर्वाचन अभियानले कुन दिशा लिने छ । यो निकै चासोको विषय बन्ने छ । अमेरिकी संविधानमा राष्ट्रप्रतिको उम्मेदवारको तीन योग्यताको बारेमा स्पष्ट छ ।
पहिलो, जन्मजात अमेरिकी नागरिक, दोस्रो, कम्तीमा ३५ वर्ष उमेर, र तेस्रो १४ वर्ष कम्तीमा अमेरिका बसोबास गरेको नगरिक राष्ट्रपति बन्न सक्ने छ।
अव फौजदारी मुद्दा बोक्दै गरेको नागरिक राष्ट्रपतीय उम्मेदवार बन्न पाउने नपाउने यो भने रोचक विषय हुनेछ । किनकि, न्यु योर्कका जस्टिस मरचेनले आज ट्रम्प विरुद्धको मुद्दाको अदालती बहसको मिति तोकेमा फौजदारी (क्रिमिनल प्रोसिक्युसन) अभियोग को मुद्दा खेप्ने ट्रम्प पहिलो राष्ट्रपति पनि हुने छन् ।