अमेरिकी डीभीका लागि नक्कली सर्टिफिकेट बनाउनेहरु प्रहरी फन्दामा
काठमाडौं । नेपालस्थित अमेरिकन दुतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्नेहरु प्रहरीको नियन्त्रणमा परेका छन् ।
काठमाडौंस्थित दूतावासमा डीभी २०२३ को नतिजामा लट्री परेका तथा भीसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यताका कागजातहरु नभएकालाई एसएलसी (एसईई) तथा प्लस टु का नक्कली प्रमाणपत्र बनाइ पेश गरेकाहरु पक्राउ परेका हुन् ।
नेपाल प्रहरीले अमेरिकी दूतावाससँगको समन्व्यमा दूतावास परिसरबाटै विवेक उपाध्यायसहित ३ जनालाई बुधबार पक्राउ गरेका थियो । अनुसन्धानका क्रममा उपाध्यायसहित १० जना पक्राउ परेका छन् ।
विवेक उपाध्याय सबैला १२ धनुषाका हुन् । यसैगरी मनहरी ९ मकवानपुरकी भगवती उप्रेती, वेशिसहर ५ लम्जुङकी रोना गुरुङ, ललितपुरका सञ्जय महर्जन, भरतपुर चितवनका सुमन ढकाल, सिराहाका सक्षम अर्याल, सर्लाहीका सुरज अधिकारी, दोलखाका अशोक श्रेष्ठ र पर्साका पुरुषोत्तम मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।