माल्दिभ्सको संसदभित्रै झडप
काठमाडौं । माल्दिभ्समा सत्ता पक्ष र विपक्षी सांसदबीच झडप भएको छ । मोहम्मद मुइज्जुले मन्त्रिपरिषद् विस्तार गर्दै थप गरिएका चार जना मन्त्रीको नाम अनुमोदन गर्नका लागि बसेको संसद बैठकमा आइतबार झडप भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रमुख विपक्षी दल ‘माल्दिभ्स डेमोक्रेटिक पार्टी’ (एमडीपी) ले मन्त्रिपरिषद्मा मतदान गर्नुअघि राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्का चार सदस्यको संसदीय अनुमोदन रोक्नु पर्ने माग गरेको थियो । त्यसपछि सरकार पक्षधर सांसदहरुले विरोध गर्न थालेपछि संसदको बैठक अवरुद्ध भएको थियो ।
झडपको क्रममा कान्दथिमुका सांसद अब्दुल्ला साहीम अब्दुल हकीम साहीम र केन्डिकुलहुदुका सांसद अहमद इसाबीच हातहालाहालको अवस्था आएको थियो ।
झडपका क्रममा दुवै सांसद चेम्बर नजिकै खसेकाले शहीमको टाउकोमा पनि चोट लागेको जनाइएको छ । अल्पसंख्यक नेता मुसा सिराजले विवाद रोक्न खोजेका थिए ।














