प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।
युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री दाहालले सम्मेलनलाई सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री दाहालले त्यहाँ रहँदा महत्त्वपूर्ण भेटघाट र छलफलहरू समेत गरेका थिए । कम्पालाबाट आइतबार बिहान राति कतार ओर्लिएका प्रधानमन्त्री दाहाल बिहान ९ बजे कतार एयरवेजको विमानबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थल ओर्लिएका हुन् ।
प्रधानमन्त्री दाहाललाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रीहरू र उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री एनपी साउद, छोरी गङ्गा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रूपक सापकोटा र परराष्ट्र सचिव सेवा लम्साल पनि युगान्डा पुगेका थिए ।