नेपाली जनसम्पर्क समिति बेल्जियमद्वारा एनआरएनएका नेताहरू सम्मानित
बेल्जियम/ नेपाली जनसम्पर्क समिति बेल्जियमले गैर आवासीय नेपाली संघ (एनआरएनए) नेताहरूलाई सम्मान गरेको छ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया सहित जलपान कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) केन्द्रीय पदाधिकारीहरू (आरके समूह) लाई सम्मान गरेको हो ।
लामो निर्वासन जीवन पछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला विक्रम सम्मत २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको सन्दर्भमा नेपाली जनसम्पर्क समिति बेल्जियमले कार्यक्रम गरेको हो।
कार्यक्रममा एनआरएनएमा बेल्जियमबाट प्रतिनिधित्व गर्ने पदाधिकारी लगायतलाई सम्मान गरेको हो । कार्यक्रममा एनआरएनए आइसीसी आरके समूहका उपाध्यक्ष गंगाधर गौतम, सचिव लोक दाहाल, सल्लाहकारहरू सुवास जोशी, प्रेम गुरुङ , चित्र सुबेदी , आइसिसी सदस्य मदन दवाडी तथा एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र निर्वाचन समितिका सदस्य सचिव विनोद न्यौपानेलाई सम्मान गरिएको हो ।
बेल्जियममा स्थापित वैचारिक सङ्गठनका अध्यक्ष एवम् प्रतिनिधिहरू लगायत सामाजिक संघ संस्थाका प्रतिनिधि उपस्थित कार्यक्रममा नेपालको वर्तमान अवस्थामा सबै शक्तिको एकता र मेलमिलाप अझ बढी आवश्यक भएको वक्ताहरूको भनाइ थियो।
उनीहरूले प्रवासमा सामूहिक हितका लागि एनआरएनएमा पनि एकता र मेलमिलापको आवश्यकता रहेकोले यथाशीघ्र आवश्यक छलफल गर्न आग्रह गरे।
युरोपको आधुनिक सामाजिक परिवेशमा हुर्कँदै गरेको दोस्रो पुस्ता सँग नेपालमा हुर्किएको पहिलो पुस्ताको तादाम्यता मिलाउन नसके बेल्जियमको नेपाली समुदाय सफल र सुखी हुन नसक्ने उनीहरूको ठहर छ।
दुवै पुस्ताको सोच र अनुभवको बारेमा अन्तरक्रियाको आवश्यकता पनि वक्ताहरूले औलाएका थिए। कांग्रेस नेताहरू बिपी कोइराला, गणेशमान सिंह , कृष्ण प्रसाद भट्टराई लगायतको तस्बिरमा माल्यार्पण गर्दै सुरु भएको कार्यक्रममा शहीदहरूको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको शुभकामना दिँदै नेपाली जनप्रगतिशिल मोर्चा युरोपका सल्लाहकार बिष्णु भुजेल, नेपाली जन प्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, प्रवासी नेपाली मञ्च बेल्जियम प्रतिनिधि विनोद न्यौपाने,प्रवासी एकता समाज बेल्जियमका अध्यक्ष अनिल थापा र जससका संस्थापक सभापति ध्रुव पौडेल, निवर्तमान सभापति पूर्ण तिमील्सिनाले आफ्नो भनाइ राखेका थिए।
त्यसै गरी जससका पूर्व सभापति एवम् एनआरएनए आइसीसी आरके समूहका उपाध्यक्ष गंगाधर गौतम, सचिव लोक दाहाल, जससका पूर्व सभापति एवम् एनआरएनएका सल्लाहकार सुभाष जोशी, एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष एवम् केन्द्रीय सल्लाहकार प्रेम गुरुङ , चित्र सुबेदी केन्द्रीय सचिव लोक दाहाल, जससकी पूर्व सभापति एवम् एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना दिएका थिए।
नेपाल पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले राष्ट्रिय एकता एवम् मेलमिलाप दिवसको बारेमा प्रकाश पारेका थिए।
संस्थाका संस्थापक सभापति ध्रुव पौडेलको प्रमुख आतिथ्य भएको कार्यक्रमको अध्यक्षता समितिका सभापति सुवास गुरुङ र सञ्चालन महामन्त्री गोविन्द सिंह अधिकारीले गरेका थिए।















